back
CTIZAN AD

जनता समाजवादी पार्टीको नेतृत्वको टुंगो लाग्यो, पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी

वि.सं.२०७७ जेठ २५ आइतवार

747 

shares

२५ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ ।
जसअनुसार पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको छ ।

यसअघि पार्टीको केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई हुने निश्चित भए पनि पार्टीको कार्यकारी अधिकारका लागि नेता उपेन्द्र यादव र राजेन्द्र महतोले दवाव बढाएका थिए। कार्यकारी अधिकार को सँग हुने भन्ने विवाद भएपछि नेतृत्व विवाद देखिएको थियो ।

सहमति अनुसार ठाकुर पहिलो वरियता, डा. भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ हुने सहमति जुटेको हो । राई र महतो वरिष्ठ नेता रहने भएका छन् ।

पार्टीको केन्द्रीय समिति ७ सय १, राजनीतिक समिति १ सय ५१ सदस्य र कार्यकारिणी समिति ५५ जनासम्म पदाधिकारी हुने सहमति यसअघि नै भइसकेको छ ।

नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने बताइएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि यी दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए भने भोलिपल्टै नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

File Pic

 

वि.सं.२०७७ जेठ २५ आइतवार १६:४७ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...