back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः ४ हजार बढी संक्रमित, १५ जनाको मृत्यु र आइसोलेसनमा ३,४८७ जना

वि.सं.२०७७ जेठ २७ मंगलवार

879 

shares

२७ जेठ, काठमाण्डौं । नेपालमा मंगलबार (२७ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ७२ हजार ४८९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १४,५२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख ६ हजार ३३१ र आरडिटी प्रविधिबाट १ लाख ६६ हजार १५८ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,३५३ पिसीआर र ९,१६७ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ३,४८७ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९० पुगेको छ । साथै आज ४ जना रेडजोनमा परेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ६५ हजार ७७५ पुगेको छ ।

आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,०८५
आज थप २३२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ३२३ जनामध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।  संक्रमितहरु मध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुष, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरी १ पुरुष, सुनसरीका १ महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको छ । जसमा चितवनमा ४ महिला र २० जना पुरुष गरी २४ जना, नवलपुरका १ महिला र २ पुरुष, धादिङ, कपिलवस्तु र सप्तरीका १\१ जना गरी तीनजना महिला रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा म्याग्दीका १ पुरुष, नवलपुरका १२ जना पुरुष र बाग्लुङका ११ जना पुरुष रहेका छन् ।

नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा धनुषाका २ महिला र १९ जना पुरुष गरी २१ जना, महोत्तरीका १ महिला र १८ पुरुष गरी १९ जना र सर्लाहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना पुरुष, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका छन् । जसमा बाँकेका २ जना महिला र ७ जना पुरुष गरी ९ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका १ महिला र १ पुरुष, सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सल्यानका १२ जना पुरुष र सुर्खेतका २ महिला र बालकसहित २ पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दार्चुलाका १० पुरुष, कन्चनपुरका २ महिला र १७ जना पुरुष सहित १९ जना, डडेल्धुराका १ महिला र ६ जना पुरुष तथा कैलालीका १ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा रुपन्देहीका २० र कपिलवस्तुका २ जना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा धनुषाका १ बालकसहित २४ जना पुरुष, कपिलवस्तुका ४ महिला र ३ पुरुष गरी ७ जना, महोत्तरीका ७ महिला र बालकसहित २४ पुरुष गरी ३१ जना, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना पुरुष, रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ र सिराहाका १२ जना पुरुष रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ जना रहेका छन् । जसमा ३,७९८ पुरुष र महिला २८७ रहेका छन् ।
आज थपिएको जिल्ला इलामसहित हालसम्म ७२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

आज ९६ जना कोरोना संक्रमणबाट मुक्त, डिस्चार्ज हुनेको संख्य ५८४ पुग्यो
२७ जेठ, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ९६ जना मुक्त भएका छन् । उनीहरुमा ८८ जना पुरुष र ८ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मुक्त हुनेमा कोभिड १९ अस्पताल जनकपुरबाट धनुषाका ३० जना डिस्चार्ज भएका छन् । उनीहरुमा ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।

त्यस्तै कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट काठमाण्डौंकी १ महिला, कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना पुरुष र राप्ती सोनारी आइसोलेसन सेन्टरबाट बाँकेकै ७ जना पुरुष डिस्र्चाज भएका हुन् ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ महिला डिस्चार्ज भएका छन् ।  हालसम्म डिस्चार्ज भएका ५८४ जनमा पुरुष ५०७ र महिला ७७ जना रहेका छन् ।

आज थप १ जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो
नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको छ ।

नारायण सामुदायिक अस्पतालको आइसीयुमा उपचारपछि शुक्रबार मात्र भरतपुर अस्पतालमा ल्याइएका भरतपुर महानगरपालिका वडा नं १३ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको कोभिड ९१९ संक्रमण भएको पुष्टि भएपनि शुक्रबार बेलुका ७ बजे भरतपुर अस्पतालको कोभिड आइसीयुमा राखेर उपचार गरिएको थियो ।

नेपालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु

पहिलेदेखि सुगर, प्रेसर र मुटुको समस्या भएका उनको कोभिड १९ तथा निमोनियाका कारण आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेट

वि.सं.२०७७ जेठ २७ मंगलवार १८:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...