back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेट

वि.सं.२०७७ जेठ २६ सोमवार

882 

shares

२६ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (२६ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ५७ हजार ९६२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १६,७०८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय परीक्षणको दायरा दैनिकरुपमा बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख ९७१ र आरडिटी प्रविधिबाट १ लाख ५६ हजार ९९१ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,७६६ पिसीआर र ११,९४२ वटा र्यापिड परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म प्रदेशस्तरमा गरिएको र्यापिड नमुना परीक्षणको संख्या १ लाख ५६ हजार ९९१ पुगेको बताइएको छ ।
हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ३,२६० जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४८६ जना रहेका छन् । साथै आज काठमाण्डौंका १ जना रेडजोनमा परेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ६६ हजार ६६८ पुगेको छ ।

कोरोना संक्रमणका कारण वालिङका ६० वर्षीय पुरुषको मृत्यु

त्यसैगरी आज वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो
नेपालमा आज ३१४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकाहरुमा प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा झापा गौरीगन्ज गाउँपालिकाका १८ देखि ४१ वर्षीय ६ जना पुरुष, सुनसरी कोशी गाउँपालिकाका १९ वर्षे पुरुष, मोरङ धनपालथापन गाउँपालिका, लेटाङ नगरपालिका र रौतामाई गाउँपालिकाका ९ जना रहेका छन् । उनीहरु १२ देखि ३६ वर्षे उमेर समुहका रहेका छन् । उनीहरुमा १ महिला र ८ पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गौरीगन्ज, मेची नरगपालिका र, हल्दिवारी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि ३१ वर्षका ३ जना पुरुष, पाँचथर लालिखर्क गाउँपालिका घर भई हल्दिबारी क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुष, सप्तरी राजविराज नरगपालिकाका १४ देखि ३४ वर्षका रहेका छन् । उनीहरुमा १ महिला र ५ जना पुरुष गरी जम्मा ६ जना रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बालन बेहुल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६ जनामा संक्रमण देखिएको छ । उनीहरु १ महिला र १५ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि २५ वर्षे उमेर समुहका पुरुष रहेका छन् ।

नेपालमा आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजा वालिङका ६० वर्षीय पुरुष र कास्की पोखरा महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय पुरुषमा पनि संक्रमण पृष्टि भएको छ । वालिङका ६० वर्षीय पुरुषको उपचारका क्रममा पोखरा अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा जगन्नाथपुर गाउँपालिकाको क्वारेन्टिनमा रहेका १ महिला र ७ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । साथै वाराका स्वर्ण गाउँपालिका र प्रचौटा नगरपालिकाका १ बालिका, १ महिला र ५ पुरुष गरी जम्मा ७ जना रहेका छन् ।

रौतहट गढीमाई नगरपालिकाको क्वारेन्टिनमा रहेका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ बग्लाचुली गाउँपालिका र घोराही उपमहानरगपालिकाका ४ जना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जानकी गाउँपालिका १ पुरुष, मधुवन ठाकुरवावा बासघारी बर्दियाका १ बालिका, २ महिला र १५ जना पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख आठविस नगरपालिका, नारायण नगरपालिका, वुङगेश्वर, गुरासँ र नौमुले गाउँपालिकाका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै सल्यान बनगार्ड कुपिण्डे नगरपालिका र कुमाद गाउँपालिकाका १ महिला र ४ पुरुष गरी जम्मा ५ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेत बराहतालका २१ वर्षे पुरुषपनि संक्रमित भएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाची सन्धिखर्क सितगंगा, पाणिनी गाउँपालिकाका २ महिला र २९ जना पुरुष गरी जम्मा ३१ जना रहेका छन् । गुल्मी हाल लुम्बिनी मेडिकलेजमा रहेका ३२ वर्षीया महिला, कपिलवस्तुका १ महिला र १६ पुरुष गरी १७ जना रहेका छन् । नवलपरासी १ महिला र १ पुरुष गरी २ जना, पाल्पा हाल लुम्बिनी मेडिकल कलेजका १ पुरुष, प्युठान कोटिमाइ गाउँपालिका, लुम्बिनी विश्वविद्यालयको क्वारेन्टिनमा रहेका १ बालिका र ७ पुरुष गरी ८ जना र रुपन्देहीकी १ महिला र ४ जना पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु महाराजगन्ज नगरपालिकाका ७ पुरुष, महोत्तरी जलेश्वर र औरही क्वारेन्टिनमा रहेका १२ जना पुरुष, रौतहट इशनाथका ७ जना पुरुष, सर्लाही विष्णु गाउँपालिका, मधुवन क्वारेन्टिन, ब्रम्हपुरी, इश्वरपुर र कविलास क्वारेन्टिनमा रहेका १०६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा तीनजना महिला र १०३ जना पुरुष रहेका छन् ।

आज संक्रमित पुष्टि भएका ३१४ सहित नेपालमा हालसम्म ३,७६२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । उनीहरुमा ३,५०६ जना पुरुष र महिला २५६ जना रहेका छन् ।

कूल संक्रमित ३,७६२ जनामा हालसम्म ४८८ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७१ जिल्लाका नागरिकमा कोरोना संक्रमण भेटिएका छन् ।

आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो

आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो
२६ जेठ, काठमाण्डौं । नेपालमा आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले दिएको जानकारी अनुसार आज डिस्चार्ज हुनेमा १ जना महिला र २० जना रहेका छन् ।

बाँकेको खुजरा अस्पतालबाट २० जना डिस्चार्ज भएका हुन् । बाँके नरैनापुर गाउँपालिकाका उनीहरु १५ देखि २० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । १३ देखि ५२ वर्ष उमेर समुहका उनीहरु सबै पुरुष रहेका छन् ।

कोभिड युनिफाइड अस्पताल बलम्बुबाट २३ वर्षीया महिला डिस्चार्ज भएकी छन् । उनी पाँचौदिनको उपचारपछि डिस्चार्ज भएकी हुन् ।

नेपालमा हालसम्म ९६ हजार बढी पिसीआर परीक्षण, ३,४४८ कोरोना संक्रमित, १३ को मृत्यु र आइसोलेशनमा २,९६८ जना

वि.सं.२०७७ जेठ २६ सोमवार १८:२७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...