back
CTIZAN AD

कोरोना संक्रमणका कारण वालिङका ६० वर्षीय पुरुषको मृत्यु

वि.सं.२०७७ जेठ २६ सोमवार

909 

shares

२६ जेठ, काठमाण्डौं । कोरोना संक्रमणका कारण वालिङ नरगपालिका वडा नं ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

गत जेठ २१ ग्ते सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका उनी २२ गते वालिङ नगरपालिकाले उद्धार गरेको थियो । तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका उनको आइतबार राति मृत्यु भएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले संसारन्युजलाई जानकारी दिएका छन् ।

मेयर खाँडका अनुसार २१ गते सुनौली नाकामा आएका उनी गम्भीर अवस्थामा रहेका थिए । उनलाई २१ गते राति नै वालिङ ल्याएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

‘हामीले श्वाव टेष्ट गरेनौं, उतैबाट गम्भीर अवस्थामा श्रीमतीसहित उद्धार गरिएका उहाँको परिवारको खोजी भयो, पछि छोरी पोखरामा स्टाफ नर्स रहेको पत्ता लागेपछि हामीले अस्पतामै भर्ना गराएका हौं’ मेयर खाँडले भने, ‘हामीले यहाँ श्वाव लिँदा त्यसको नतिजा ७ दिनपछि मात्र आउने अवस्था रहेको र उहाँ गम्भीर रहेकोले अस्पताल नै पठायौं ।’

मेयर खाँडका अनुसार उनमा कोरोना संक्रमण रहेको रिर्पोट आज आएको हो । ६ महिना अघि उपचारका लागि मुम्बई पुगेका उनी लकडाउनको अवस्थामा गम्भीर अवस्थामै नेपाल आइपुगेको मेयर खाँडले जानकारी दिए ।

वि.सं.२०७७ जेठ २६ सोमवार ०८:१४ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...