back
CTIZAN AD

नेपालीको समस्यामा दूतावासले वेवास्ता गरेको युएईका नेपाली कामदारको गुनासो

वि.सं.२०७७ जेठ २७ मंगलवार

1.4K 

shares

२७ जेठ, दुबई । नेपाली दूतावास अबुधाबिले नेपाली कामदारको समस्यामा वास्ता नगरेको दुबईमा अलपत्र नेपालीहरुले गुनासो गरेका छन् ।
एग्रीमेन्ट अनुसारको तलब नदिएको, खाना बस्न नदिएको जस्ता समस्याहरुमा दूताबसले सम्बन्धीत ठाउँमा कुरा राखेर समाधन गर्न सक्ने मात्र नभएर कम्पनीले अमानबिय तरिकाले कुटपिट गर्दासम्म दूताबासले पीडित कामदारको पीडामा सहयोग नगरेको पीडितहरुको गुनासो छ ।

नेपालका एमबि हुमन रिर्सोस प्रालिबाट जनही १ लाख २० देखि ५० हजारसम्म तिरेर आएको र करोडौ उठाएको उक्त मेन पावरले पनि उद्दार तथा समस्यामा सहयोग नगरेको उनीहरुको गुनासो छ ।

यतिबेला नेपाल फर्कने आश गरेर उद्दारको पर्खाइमा रहेका अलपत्र श्रमिकलाइ नेपाल सरकारको स्पष्ट नीति नहुँदा झनै पिडा थपिएको मजदुरहरुले बताउँछन् ।

खानसम्म पैसा नभएको र आउँदा लिएको रिनको ब्याजसम्म डाँडा काटीसकेको अबस्थामा ‘टिकट काटेर जान पाउछौ । तर, १,९५० दिराम लाग्छ’ भनेर भन्दा उनिहरु झनै पीडामा परेको बताउँछन् । हातमा एअर अरेबियाको टिकट भएता पनि पैसा थप्नुपर्ने बताइएको छ ।
दूताबासको फोन नउठेको र स्पष्ट जबाफ कहिल्यै नआएको उनीहरु बताउँछन् । ‘अब एकैचोटी मृत्यु पश्चात लास उठाउन नेपाल एअरलाइन्स आओस् ’भन्दै अलपत्र श्रमिकले आशु बगाएका छन् ।

लाखौ प्रबाशीहरुले पठाएको रेमिटान्सले देशलाइ टेवा पुर्याएपनि आपत पर्दा सरकारको साथ नपाएका प्रवासीको मन रोएको छ ।
कोरोना संक्रमण सुरु हुनुपुर्ब र कोरोनाको माहामारीसँगै धेरै देशहरुमा श्रमिकहरुले रोजगार गुमाएका छन् । बिसेष गरी मलेसिया तथा खाडी मुलुकहरुमा अलपत्र नेपाली कामदारको संख्या धेरै छ ।

दुबईको एउटै सप्लाइ कम्पनीflex facility management llc मा ३५० बढी नेपालीहरु मार्च १५ देखी कम्पनीले भने बमोजिम तलब नदिएरसँगै कामबाट निकालिदिएको उनीहरु बताउँछन् । उनीहरु मध्ये धेरै त आएको ३ महिना पनि पुगेको थिएन । आफु फसेको महसुस गरी नेपाल फर्किन आफुसँग भएको पैसाले टिकट काटेर घर जान खोज्दा अन्तराष्ट्रिय उडान बन्द भएसगै उनीहरुँसग खाना खाने पैसा समेत नभएको बताउँछन् । अहिले सामान्य सहयोगहरुबाट सास जोगाइरहेको उनीहरु बताउँछन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार २१:०२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...