back
CTIZAN AD

प्रधानमन्त्री भन्छन्–‘कार्पेट कस्ले किनेर ल्यायो राष्ट्रपतिलाई थाहा हुन्छ ?’

वि.सं.२०७७ जेठ २८ बुधवार

828 

shares

२८ जेठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई कार्पेट कस्ले किनेर ल्यायो भन्ने कुरा थाहा नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले गणतन्त्रको विरोध गरे पनि राष्ट्रपतिमाथि प्रहार गर्ने काम गरिएको भन्दै कुर्सी कस्ले किनेर ल्यायो भन्ने कुरा राष्ट्रपतिलाई थाहा नहुने बताएका छन् ।

‘कुर्सी कस्ले ल्यायो राष्ट्रपतिलाई थाहा हुन्छ ? राष्ट्रपतिले अर्डर गर्छ कुर्सीको ? कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो काम प्रधानमन्त्रीको हो र ? बुधबार संसदमा बोल्दै प्रधानमन्त्रीले भने,‘प्रधानमन्त्रीको निवासमा कार्पेट कहाँनेर राखियो कहाँ राखिएन भन्ने प्रधानमन्त्रीलाई थाहा हुन्छ, राष्ट्रपतिलाई थाहा हुन्छ ? कस्ले कार्पेट खरिद गर्यो कसले कहाँ के गर्यो भन्ने ?’

प्रधानमन्त्री ओलीले जे मा पनि राष्ट्रपतिको विरोध गरिएको तथा राष्ट्रपतिलाई दलगत रुपमा हेर्ने कुरा उचित नभएको बताउदै निस्पक्ष, मर्यादित व्यवहारसहित राष्ट्रपतिलाई राष्ट्रप्रमुख तर, कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा केही अधिकार मात्र दिएर दैनिक सासन प्रशासनबाट अलग राखिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले, राष्ट्रपतिले यस्ता कुरामा जवाफ नदिने, बताउँदै राष्ट्रपतिकाविरुद्ध लगातार अनवरत हरेक स–साना निहुँम आक्रमणको तारो बनाइएको समेत बताए । उनले यस्ता कुराहरु गणतन्त्रका विरुद्धमा साजिसको रुपमा लगिएको र गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने अनि गणतन्त्र ठिक होइन भन्ने कुरामा जोड दिन खोजिएको समेत बताए ।

‘दुवो काटेर चौरी चिटिक्क पार्ने कि, अहिले कोरोनाका विरुद्ध लड्ने भन्ने, राष्ट्रपतिले अहिले कोरोनाका विरुद्ध नलड अहिले चौरी चिटिक्क पार भनेको हो र ?,’ प्रधानमन्त्रीले भने, ‘ त्यहाँ त्यहि खालका मान्छे रहेको र त्यहि अनुसार काम गरिरहेका होलान् ।’
प्रधानमन्त्रीले यस्ता खालको विरोधको शैली गणतन्त्रका विरुद्धमा केन्द्रीत र लक्षित रहेको समेत बताएका छन् ।

https://www.facebook.com/sansarnewsnepal/videos/209592273384520/?t=9

वि.सं.२०७७ जेठ २८ बुधवार १५:५३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...