२८ जेठ, काठमाडौँ । पाकिस्तान क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुको प्रशिक्षण बिचमै रोकेको छ । इंल्याण्ड विद्धको श्रृखलाका लागि तयारी गरीरहेका खेलाडीको प्रशिक्षण पुर्णरुपमा रोक्नको लागि पाकिस्तान किकेट र्बोडले आदेश दिएको छ ।
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिब्र रुपमा बढिरहेको कारणले गर्दा खेलाडीहरुको सुरक्षा लागि प्रशिक्षण रद्ध गर्नुपरेको भनेर पाकिस्तान क्रिकेट र्बोडले भनेको छ ।
पाकिस्तान क्रिकेट र्बोड पीसीबीले आफ्ना खेलाडीहरुलाई जुलाइमा बिना प्रशिक्षणनै इंल्याण्ड पठाउने निर्णय पनि गरेको छ । इंल्याण्ड र पाकिस्तान बिच ५ अगस्त देखी १ सेप्टेम्बर सम्ममा ३ टेस्ट र ३ टि-२० खेलको श्रृखला हुने छ ।
पाकिस्तानमा अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १३ हजार ७०२ पुगेको छ भने संक्रमणबाट २ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ २८ बुधवार १५:१९ मा प्रकाशित






























