back
CTIZAN AD

कोरोना कहरबीच राहत तथा उद्धारको कार्यमा फिप्ना अमेरिकाको निरन्तरता

वि.सं.२०७७ जेठ ३१ शनिवार

765 

shares

३१ जेठ, अमेरिका । अमेरिकामा कोरोना संक्रमण र त्यसले नेपाली समुदायमा पुर्याएको असरमा त्यहाँस्थित नेपाली संघसंस्थाले आ- आफ्नो क्षेत्रबाट राहत तथा उद्धारका कार्यमा निरन्तरता दिएका छन् ।

त्यहि मध्ये एक हो नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) पनि । फिप्नाले कोरोना संक्रमणको जोखिमका बीच पनि कोरोनाबाट प्रभावित त्यहाँका नेपाली समुदायबीच राहत तथा उद्धार कार्यमा निरन्तरता दिएको छ ।

फिप्नाले त्यहाँस्थित विभिन्न संघसंस्थासँग मिलेर तथा छुट्टै पनि राहत वितरण तथा अन्य कार्यमा संलग्न रहँदै आएको छ । फिप्नाले हालै पनि पिपिइ सामग्री उपलब्ध गराइएको छ । यो फिप्नाद्धारा सामुहिक रूपमा वितरण गरिएको पाँचौं चरणको कार्यक्रम हो ।

जस अन्तर्गत युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीकाद्धारा उपलब्ध गराइएको सर्जिकल माक्स २५० थान, पन्जा १ हजार थान, घ्यालसुम्धो सेवा संस्था अमेरीकाद्धारा सर्जिकल माक्स ५० थान र पन्जा १ हजार थान, नुब्री एसोसिएशन अमेरीकाद्धारा पन्जा १ हजार थान, गुरूङ तमु सोसाइटी ईङक अमेरीकाद्धारा सर्जिकल माक्स ५० थान र पन्जा १ हजार थान, मुगुम एसोसिएशन अमेरीका सर्जिकल माक्स ५० थान र पन्जा ६ सय थान उपलव्ध गराएको छ ।

ती सामग्रीहरु संयुक्तरुपमा वितरण गरिएको पनि फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।
त्यसैगरी तामाङ सोसाइटी अफ अमेरीका ( कोभिड १९ टाक्सफोर्स) द्धारा सर्जिकल माक्स ५० थान र पन्जा ६ सय थान, शेर्पा संघ अमेरीकाद्धारा सर्जिकल माक्स ४६ थान र पन्जा २ सय थान तथा आवस्यकता अनुसार दिनको ४-५ परिवारलाई आवश्यक सामग्री निरन्तर वितरण गर्दै आइरहेका छन् ।

वि.सं.२०७७ जेठ ३१ शनिवार १६:११ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...