
३० जेठ, काठमाण्डौं । नेपालमा शुक्रबार (३० जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख १ हजार ९१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १५ हजार ८७१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम जानकारी दिएका छन् । मन्त्रालयका अनुसार बिहिबारको तुलनामा दुवै प्रविधिबाट आज झण्डै ५,४२० नमुना बढी परीक्षण गरिएको हो ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख २१ हजार ८६२ र आरडिटी प्रविधिबाट १ लाख ८८ हजार ५२ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,९२५ पिसीआर र ९,९०६ वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ४,१६९ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९५ पुगेको छ । साथै आज सर्लाही, दाङ र बाँकेका १÷१ जना रेडजोनमा परेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ५८ हजार ५० पुगेको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या ५,०६२ पुगेको छ भने निको हुनेको संख्या आज १६ थपिएसँगै ८७७ र मृतकको संख्या १६ पुगेको छ ।
आज पनि १६ जना डिस्चार्ज, निको हुनेको संख्या ८७७ पुग्यो
नेपालमा आज पनि १६ जनाले जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज निको हुनेमा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।
जसमा कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ महिला र २ पुरुष गरी ३ जना, पाटन अस्पतालबाट १ महिला र काठमाण्डौं मेडिकल कलेजबाट दुवाकोटबाट २ महिला र १ पुरुष गरी ३ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ पुरुष र ह्याम्स अस्पताल काठमाण्डौंबाट १ पुरुष डिस्चार्ज भएका छन् ।
आज डिस्चार्ज भएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८७७ पुगेको छ । जसमा ७८६ पुरुष र ९१ जना महिला रहेका छन् ।
आज ४४८ जना नयाँ थपिए, संक्रमितको संख्या ५,०६२ पुग्यो
नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४४८ जनामा ४२४ पुरुष र २४ महिला रहेका छन् ।
आज सबैभन्दा बढी पुष्टि भएका जिल्लामा रौतहटका ८६ जना, सर्लाहीका ५६ जना, सुर्खेतका ४५ जना, दैलेखका ३८ जना, धादिङका २९ जना र स्याङजाका २२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका २ र झापाका ७ पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उददयपुरका ३ पुरुष र सिराहाका ११ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा इलाम १, झापाका ६ पुरुष, सुनसरीका १ महिला र ९ पुरुष गरी १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङजाका २२ पुरुष, नवलपरासी पूर्व र तनहुँका १÷१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
भेरी अन्चल अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित भेटिएकामा बर्दियाका २ महिला र १३ पुरुष गरी १५ जना र बाँकेकी १ महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ पुरुष, मोरङका १ पुरुष, धादिङका २ महिला र २५ पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ जना र सर्लाहीका ३ पुरुष रहेका छन् । धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुकी १ महिला र ३ पुरुष गरी ४ जना र सर्लाहीका ४ पुरुष रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला र ५ पुरुष गरी ८ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष गरी ३८ जना, सुर्खेतका २ महिला र ४३ पुरुष गरी ४५ जना, त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका १, पाल्पाका १, प्युठानका २ पुरुष, रुपन्देहीका ३ महिला र १३ पुरुष , नवलपरासी पश्चिमका १ महिला र १ पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र धादिङ १÷१ जना पुरुष, धनुषाका १, नुवाकोटका १, रौतहटका ८६ पुरुष, काठमाण्डौंकी १ महिला, सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् ।
आज पुष्टि भएका ४४८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,०६२ पुगेको छ । कूल संक्रमित मध्ये ४,७०९ जना पुरुष र ३५३ जना महिला रहेका छन् ।
बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि
मृतकको संख्या १६ पुग्यो
बुधबार मृत्यु भएका अर्घाखाँची मालारानी गाउँपालिका वडा नं ४ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
क्वारेन्टिनमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि बुटवल प्रादेशिक अस्पतालमा उपचारका लागि मंगलबार ल्याइएका उनको बुधबार घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्युपछि परीक्षण गरिएको उनको श्वाव टेष्टमा कोरोना संक्रमण पुष्टि भएको बिहिबार दिउसो रिर्पोट आएको थियो ।
दमको समस्या भएका उनी भारतको मुम्बईबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । उनीसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४,६१४, आइसोलेशनमा ३,७३८ जना, १५ को मृत्यु र ८६१ जना निको