back
CTIZAN AD

गण्डकी प्रदेश समन्वय परिषद कतारद्वारा सरकारको ध्यानाकर्षण, भाडादरमा पुनर्विचार गर्न आग्रह

वि.सं.२०७७ जेठ ३० शुक्रवार

846 

shares

गण्डकी प्रदेश समन्वय परिषद, कतारका अध्यक्ष तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद, नेपालका महासचिव हंशराज ढकाल क्षत्रीले कोरोना भाइरस(कोभिड –१९)को महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश र्फीर्ति ल्याउने ल्याउने क्रममा तोकिएको हवाई टिकट भाडादर मजदुरको हितमा नभएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्यसमेत रहेका उनले सरकारको ध्यानाकर्षण गराउने क्रममा नेपाल सरकारले तोकेको भाडा वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकलाई तिर्न अत्यन्तै कठिन भएको भन्दै भाडादरमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

फिर्ता हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उनीहरुको आर्थिक तथा स्वास्थ्य स्थिति हरेरे वर्गीकरण गर्दा उपयुक्त हुने सुझाव पनि उनले दिएका छन् ।

लामो समय देखि बिरामी भएका, रोजगारी गुमाएकाहरुको हकमा निज व्यक्तीहरुसँग आर्थिक नभएको हुँदा दूतावासको सिफारिश र संयोजनमा नेपाल सरकारले आर्थिक सहयोगमा हवाईभाडा तथा अन्य खर्चहरु सहयोग निःशुल्क गरिनु पर्ने उनको भनाई छ ।

त्यस्तै रोजगारी गुमाएहरुलाई पनि सरकारले निःशुल्क ल्याउनु पर्दछ तरनियमित तवरले घर बिदा वा भरखरै मात्र कम्पनीले सबै सुबिधा दिएर स्वदेश जान लागेकाहरुको हकमा पनि भाडा आफै तिर्न सक्ने हाल तोकिएको रकम कायम राख्न सकिने गरि मुल्य निर्धारण गर्दा हुने सुझाव पनि उनले दिएका छन् ।

यस्तो छ, सरकारसँग उनले गरेको ध्यानाकर्षण :

मिति ३० जेष्ठ २०७७
नेपाल सरकार प्रधानमन्त्री मन्त्रीको कार्यलय सिहदरबार नेपाल!

विषय: ध्यानाकर्षण सम्बन्धमा ।

कोराना महामारीको चपेटामा परी प्रबासमा नेपाल फिर्तीको पर्खाईमा रहनुभएका पिडितहरु स्वदेश फिर्ती सहजताको लागि नेपाल सरकारले उडान हरुको व्यवस्था गरेकोमा धन्यवाद दिन चाहान्छु।

तर यसै क्रममा दूताबासले निकालेको आधिकारिक सूचना अनुसार नेपाल सरकारले तोकेको भाडा अत्याधिक महंगो भएको हुँदा वैदेशिक रोजगारीमा आएका नेपाली श्रमिकले उक्त तेकिएको भाडा तिर्न अत्यन्तै कठिन छ।

तसर्थ यो हवाई उडान श्रमिकहरुको हितमा छैन यथासक्य छिट्टै हवाई टिकटको मूल्यमा पुनर्विचार गरि यथासिघ्र यथोचित व्यवहारिक र श्रमिकहरूको निमित्त उचित हुने गरी परिमार्जन गरियोस्।

स्वास्थ्य स्थिति र आर्थिक स्थिति दुवैलाई मध्यनजर गर्दै कार्य गराउनु पर्ने देखिन्छ साथै फिर्ता हुने नेपाली दाजुभाई दिदीबहिनी हरुलाई तपशिल अनुसार वर्गीकरण गर्दा उपयुक्त हुने देखिन्छ ।

नागरिक हरुको वर्ग बिभाजन गरि कोरना बाहेक लामो समय देखि बिरामी भएका, रोजगारी गुमाएका हरुको हकमा निज व्यक्तीहरु सँग आर्थिक नभएको हुँदा दुतावासको सिफारिश र संयोजनमा नेपाल सरकारले आर्थिक सहयोगमा हवाई भाडा तथा अन्य खर्चहरु सहयोग निशुल्क गरिनु पर्ने देखिन्छ ।

लामो समय देखि रोज़गारी गुमाएका वा आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाहरुलाई सरकारी कोष तथा कल्याणकारी कोषबाट र प्रदेश जादा राज्य लाई श्रम स्विकृती लिंदा तिरेको अरबौ रूपमा थन्किएको अवस्थामा छ उक्त रकम वर्गीकरण गरि पीडित तथा बिपत्तिमा परेका तथा बिपन्न र अर्काको आश्रयमा जीवन व्यतित गर्न बाध्य हुनु भएको नेपाली दाजुभाई दिदिबहिनी हरु लाई उसको पारिवारिक अवस्था र कम्पनीको हालत बुझी आर्थिक सहयोग निशुल्क गरिनुपर्दछ ।

नियमित तवरले घर बिदा वा भरखरै मात्र कम्पनीले सबै सुबिधा दिएर स्वदेश जान लागेका हरुको हकमा स्वयं व्यक्तीले आर्थिक व्ययभार बहन गर्न सक्ने हरुका हकमा हाल तोकिएको हवाई भाडादर लाई उचित परिमार्जन गरि आफ्ना हवाई यातायात सम्बन्धित मुलुकका अन्य हवाई यातायात हरुले समेत सस्तो दर उपलब्ध गराउन आफ्ना दुतावास मार्फत् सम्बन्धित देश सँग सहकार्य गर्ने र आफन्त भेटघाट र घुमफिरका निमित्त विदेशमा रहेका नागरिक हरुलाई स्वदेश फर्काउने सवालमा हाल तोकिएको रकम कायम राख्न सकिने गरि मुल्य निर्धारण गरौं।

कम्तीमा बिहान बेलुकीको छाक टार्न सँस्था र समाजको आशामा र भरोसा मा गुजारा गरिरहेकाको सबालमा राज्यले सम्पुर्ण खर्च पुर्ण रूपमा निशुल्क गराई उद्दार गर्न गराउन सम्बन्धित सरोकार वाला सँग गण्डकी प्रदेश समन्वय परिषद,कतार परिवार सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहान्छौ ।
धन्यवाद,नमस्कार ।
प्रार्थी !
पुर्ब एनआरएनए आइ सिसि सदस्य
तथा
महासचिव
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद,नेपाल !
अध्यक्ष
हंशराज ढकाल क्षत्री
गण्डकी प्रदेश समन्वय परिषद, कतार!

वि.सं.२०७७ जेठ ३० शुक्रवार १९:०७ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...