back
CTIZAN AD

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय

वि.सं.२०७७ जेठ ३० शुक्रवार

801 

shares

३० जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।

सो पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिए ।

नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए । जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी छन् । उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १९:२४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...