back
CTIZAN AD

अर्थतन्त्रमा कोरोना प्रभाबबारे राष्ट्र बैंकको अनलाईन सर्बेक्षण सुरु, सर्बेक्षणमा कसरी सहभागि हुने

वि.सं.२०७७ जेठ ३० शुक्रवार

1.1K 

shares

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाईरसको कारणले अर्थतन्त्रमा कस्तो असर परेको छ भनेर .पत्ता लगाउन अनलाईन सर्बेक्षण सूरु गरेको छ । एक सूचना जारी गर्दै केन्द्रिय बैंकले सर्बेक्षेण सूरु गरेको जनाएको हो ।

उद्योग÷व्यवसायहरुलाईहरुलाई सर्बेक्षणमा सहभागि हुन केन्द्रिय बैंकले अनुरोध सहितको सूचना पकशित गरेको छ । सूचनामा भनिएको छ, “कोरोना भाइरस ९कोभिड–१९० संकटबाट अर्थतन्त्रमा परेको असर अध्ययन गर्न यस बैंकले उद्योग, व्यवसाय लगायत अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्रतिक्रिया बुझ्ने क्रममा अनलाइन सर्वेक्षण गरिरहेको हुँदा यस बैंकको वेबसाइटको बायाँपट्टि रहेको लिंकमा रहेको सर्वेक्षण फाराम भरी सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।”

राष्ट्र बैंकले गर्न लागेको यो सर्बेक्षण नेपालकै पहिलो डिजिटल सर्बेक्षण हो । यस अघि राष्ट्र बैंकले केन्द्रि तथ्याङ्क बिभागलेले भने अनुसार नै तथ्याङ्कामा भर परेको थियो । तथ्याङ्क बिभागले नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत हुने सर्बेक्षण् गरेकोे थियो । त्यसकै आधारमा केद्रिय बैंकले नेपालको अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब बराबरको क्षति पुग्ने अनुमान गरेको थियो । तर कोरोना भाईरसको प्रभाब लम्बिन थाले पछि केन्द्रिय बैंकले आफैले सर्भेक्षण् थालेको हो ।

सरकारले आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरिसकेको छ । त्यसकै आधारमा राष्ट्र बैंकले पनि असारमा मौद्रिक नीति सार्बजनिक गर्दैछ । आगामी आर्थिक बर्षको मौद्रिक निति निर्माण गर्न यो अनलाई सर्बेक्षणले सहयोग पुग्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन ।

यसरी सहभागि हुनुहोस् अनलाईन सर्बेक्षणमा

वि.सं.२०७७ जेठ ३० शुक्रवार १७:५९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...