back
CTIZAN AD

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४,६१४, आइसोलेशनमा ३,७३८ जना, १५ को मृत्यु र ८६१ जना निको

वि.सं.२०७७ जेठ २९ बिहीवार

1.1K 

shares

२९ जेठ, काठमाण्डौं । नेपालमा बिहिबार (२९ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ र लाख ९४ हजार ७८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १०,४५७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख १५ हजार ९३० र आरडिटी प्रविधिबाट १ लाख ७८ हजार १४३ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,१९४ पिसीआर र ५,२६३ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ३,७३८ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९२ पुगेको छ । साथै आज काठमाण्डौंका १ जना रेडजोनमा परेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ६२ हजार १३ पुगेको छ ।  हालसम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुगेको छ भने निको हुनेको संख्या ८६१ र मृतकको संख्या १५ पुगेको छ ।

आज २५० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो
नेपालमा आज २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएकामा २३० जना पुरुष र २० जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुगेको छ ।

आज पु्ष्टि भएकामा सबैभन्दा बढी रौतहट जिल्लाका ५४ जना, दैलेखका ४४ जना, रुपन्देहीका २५ जना र बाजुराका १८ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा सुनसरीका ३ जना पुरुष, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा रौतहटका ३ जना पुरुष, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा र धादिङका ७÷७ जना गरेर १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुष रहेका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा झापाका तीनजना पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र ५ पुरुष गरी ८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका १४ जना पुरुष, बाँकेमा १ महिला र १२ जना पुरुष रहेका छन् ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४ महिला र ४४ जना पुरुष गरी ४८ जना र सुर्खेतका ७ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना र प्युठानका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । रुपन्देहीका बालिकासहित ४ महिला र एक बालकसहित २५ जना पुरुष पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७ जना पुरुष, बाजुराका बालिकासहित ८ महिला र बालकसहित १० पुरुष गरी जम्मा १८ जना र बझाङका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ पुरुष, रौतहटका ३९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयको विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज थपिएका २५० जनासँगै नेपालमा संक्रमित हुनेको संख्या ४,६१४ पुगेको छ । जसमा ४,२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।

हालसम्म कुन प्रदेशमा कति संक्रमित भए त ?
हालसम्म प्रदेश १ का १३ जिल्लाका ३०७ जना, प्रदेश २ का सबै ८ जिल्लाका १,६७१ जना, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ जना, गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जना, प्रदेश ५ का १२ जिल्लाका १, ३९९ जना, कर्णाली प्रदेशका ९ जिल्लाका ७५९ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हालसम्म संक्रमति भेटिएका जिल्ला ७२ पुगेको छ ।

आज १८७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८६१ पुग्यो
२९ जेठ, काठमाण्डौं । नेपालमा आज १८७ जना कोरोना संक्रमितहरु निको भएका छन् ।
जसमा ८ महिला र १७९ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज डिस्चार्ज हुने १७९ सँगै नेपामा हालसम्म कोरोना संक्रमणबाट निको भएका ८६१ मध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेका छन् ।

हालसम्म १ लाख १० हजार बढी पिसीआर परीक्षण, ४,३६४ संक्रमित, आइसोलेशनमा ३,६७५ जना र १५ जनाको मृत्यु

वि.सं.२०७७ जेठ २९ बिहीवार १७:५६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...