back
CTIZAN AD

हालसम्म १ लाख १० हजार बढी पिसीआर परीक्षण, ४,३६४ संक्रमित, आइसोलेशनमा ३,६७५ जना र १५ जनाको मृत्यु

वि.सं.२०७७ जेठ २८ बुधवार

741 

shares

२८ जेठ, काठमाण्डौं । नेपालमा बुधबार (२८ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ८३ हजार ६५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११,१३६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १ लाख १० हजार ७४४ र आरडिटी प्रविधिबाट १ लाख ७२ हजार ८८० वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,४१४ पिसीआर र ६,७२२ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ३,६७५ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९१ पुगेको छ । साथै आज १ जना रेडजोनमा परेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ पुगेको छ ।
त्यसैगरी हालसम्म नेपालमा संक्रमितको संख्या ४,३६४ निको हुनेको संख्या ६७४ र मृतकको संख्या १५ पुगेको छ ।

नेपालमा आज २७९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,३६४ पुग्यो
नेपालमा आज बुधबार ( जेठ २८ गते) २७९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएकामा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,३६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका ८ जना पुरुष, झापाका १ महिला रहेका छन् ।

कोशी अस्पतालको प्रयोगशालामा झापाका ४ र उदयपुरका १ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १ जना पुरुष र प्रादेशिक जस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, नवलपरासी पश्चिमका ५ पुरुष, पाल्पाका ११ जना पुरुष र १ महिला गरी १२ जना, प्युठानका ६ जना र रुपन्देहीका ७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज २७९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,३६४ पुग्यो

त्यसैगरी भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ र बर्दियाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १ महिला र ५ पुरुष गरी ६ जना, सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ महिला र २३ पुरुष गरी २५ जना, जाजरकोटका ३ जना पुरुष, सुर्खेतका ३ महिला र ६ जना पुरुष गरी ९ जना, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १ जना पुरुष, कैलालीका बालिकासहित २ महिला र १० पुरुषगरी १२ जना, कन्चनपुरका २ र डडेल्धुराका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १० जना पुरुष, कपिलवस्तुका १ महिला र बालकसहित १८ जना पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धादिङका ४ महिला र १२ जना पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना पुरुष, गोरखाका १ महिला र ३ पुरुष गरी ४ जना, कपिलवस्तुका बालिकासहित ३ महिला र १९ पुरुष गरी २२ जना, नुवाकोटका १ पुरुष रौतहटका ५२ जना पुरुष र १ महिला गरी ५३ जना, सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिराहाका १ पुरुष, उदयपुरका १ महिला र २ पुरुषगरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज थपिएका १७९ जनासँगै नेपालमा संक्रमित हुनेको संख्या ४,३६४ पुगेको छ । जसमा ४,०५५ जना पुरुष र ३०९ जना महिला रहेका छन् भने संक्रमितहरु भेटिएको जिल्ला ७२ रहेको छ ।

आज पनि ९० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७४ पुग्यो

आज पनि ९० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७४ पुग्यो

आजपनि कोरोना संक्रमणबाट ९० जना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा निको भएकामा ८८ जना पुरुष र २ महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार आज कोशी अस्पताल विराटनगरबाट १ महिला र ५ पुरुष गरी ६ जना, कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना पुरुष र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ पुरुष डिस्चार्ज भएका हुन् ।

त्यस्तै कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना पुरुष, महेन्द्र गेनाइ आइसोलेसन सिराहाबाट २० जना पुरुष र कोरोना अस्पताल बेलझण्डी दाङबाट ७ जना पुरुष गरी पछिल्लो २४ घण्टामा जम्मा ९० जना निको भएर घर फर्किएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमित भएका ४ हजार ३६४ मध्ये ६७४। निको भएर घर फर्किएका हुन् । उनीहरुमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

नविल बैंकका कर्मचारीले गरे कोरोना रोकथामका लागि २६ लाख रुपैयाँ बढी सहयोग
नेपालमा कोभिड १९ को प्रतिकार्यमा उपयोग हुने गरी नविल बैंकका कर्मचारीले २६ लाख, २८ हजार ८६८ रुपैयाँ १५ पैसा सहयोग गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले मंगलबार उक्त रकमको चेक स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालमार्फत् मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

नविल बैंकका कर्मचारीले गरे कोरोना रोकथामका लागि २६ लाख रुपैयाँ बढी सहयोग

स्वास्थ्य मन्त्रालयमा आयोजित उक्त रकम हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष सम्भु प्रसाद पौड्याल, बोर्ड डाइरेक्टर उपेन्द्र प्रसाद पौड्याल र बैंकका मानब संशाधन प्रमुख रोशन कोइरालाको पनि उपस्थिति रहेको थियो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि नविल बैंक कर्मचारीेले गरेको सहयोग प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ ।

नेपालमा हालसम्मको कोरोना अपडेटः ४ हजार बढी संक्रमित, १५ जनाको मृत्यु र आइसोलेसनमा ३,४८७ जना

वि.सं.२०७७ जेठ २८ बुधवार १८:२९ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...