
२८ जेठ, काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले ईटलियन ठेकेदार कम्पनी सिएमसिको लागि कउन्टर ग्यरेन्टि वापतको फसेको रकम उठ्ने भएको छ । तनहुँ हाइड्रो पावर कम्पनीमा काम गर्न आएको इटालियन ठेकेदार कम्पनी सीएमसीका लागि काउन्टर ग्यारेन्टी वापत बैंकको २ अर्ब रुपैयाँ फसेको थियो ।
२ वर्ष अघि आयोजनाको काम गर्दागर्दै टाट पल्टिएको भन्दै सो कम्पनी काम छोडेर भागेको थियो । कम्पनी भागेपछि तनहुँ हाइड्रो पावर कम्पनीले ग्यारेन्टि वापतको रकम दावी गर्दै जफत गरेको थियो । त्यस पछि बैंकले ग्यारेन्टि वापतको रकम फिर्ता पाउन इटालियन बैंक ईन्टेसा सानपाओलो एसपिएसंग ठूलो कानुनी लडाईं लड्नु परेको थियो । जसको सिफरिसमा इन्भेष्टमेन्ट बैंक सिएमसिको जमानी बसेको थियो । ईन्टेसा सानपाओलो ईटलीको दोस्रो ठूलो बैंक हो ।
मंगलबार ईटालिको अदालतले इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला गरे पछि ठूलो समस्याको हल भएको बैंकका सिईओ ज्योती पाण्डेले बताएका छन ।
अन्तराष्ट्रिय प्रचलन अनुसार कुनै पनि अन्तराष्ट्रिय कम्पनीले कुनै पनि काम गर्नु पर्दा नगदै धरौटी वा बैक तथा बित्तियसंस्था जवानी बस्नु पर्ने हुन्छ । त्यसै अनुरुप सिएमसिको लागि ईन्टेसा सानपाओलो एसपिएको अनुरोधमा ईन्भेष्टमेन्ट बैंक काउन्टर ग्यारेन्टि बसेको थियो ।