back
CTIZAN AD

उठ्ने भयो इन्भेष्टमेन्ट बैंकको काउन्टर ग्यारेन्टि वापत फसेको रकम

वि.सं.२०७७ जेठ २८ बुधवार

1.2K 

shares

२८ जेठ, काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले ईटलियन ठेकेदार कम्पनी सिएमसिको लागि कउन्टर ग्यरेन्टि वापतको फसेको रकम उठ्ने भएको छ । तनहुँ हाइड्रो पावर कम्पनीमा काम गर्न आएको इटालियन ठेकेदार कम्पनी सीएमसीका लागि काउन्टर ग्यारेन्टी वापत बैंकको २ अर्ब रुपैयाँ फसेको थियो ।

२ वर्ष अघि आयोजनाको काम गर्दागर्दै टाट पल्टिएको भन्दै सो कम्पनी काम छोडेर भागेको थियो । कम्पनी भागेपछि तनहुँ हाइड्रो पावर कम्पनीले ग्यारेन्टि वापतको रकम दावी गर्दै जफत गरेको थियो । त्यस पछि बैंकले ग्यारेन्टि वापतको रकम फिर्ता पाउन इटालियन बैंक ईन्टेसा सानपाओलो एसपिएसंग ठूलो कानुनी लडाईं लड्नु परेको थियो । जसको सिफरिसमा इन्भेष्टमेन्ट बैंक सिएमसिको जमानी बसेको थियो । ईन्टेसा सानपाओलो ईटलीको दोस्रो ठूलो बैंक हो ।

मंगलबार ईटालिको अदालतले इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला गरे पछि ठूलो समस्याको हल भएको बैंकका सिईओ ज्योती पाण्डेले बताएका छन ।

अन्तराष्ट्रिय प्रचलन अनुसार कुनै पनि अन्तराष्ट्रिय कम्पनीले कुनै पनि काम गर्नु पर्दा नगदै धरौटी वा बैक तथा बित्तियसंस्था जवानी बस्नु पर्ने हुन्छ । त्यसै अनुरुप सिएमसिको लागि ईन्टेसा सानपाओलो एसपिएको अनुरोधमा ईन्भेष्टमेन्ट बैंक काउन्टर ग्यारेन्टि बसेको थियो ।

वि.सं.२०७७ जेठ २८ बुधवार १८:३३ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...