back
CTIZAN AD

खुकुलो भयो लकडाउन, हेर्नुहोस् आजदेखि के-के खुल्छन् र के-के खुल्दैनन् ?

वि.सं.२०७७ जेठ २९ बिहीवार

1K 

shares

२९ जेठ, काठमाण्डौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा जारी लकडाउनको आज ८० औं दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेर जनजीवन सहज बनाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बुधबार मन्त्रिपरिषद्ले गरेका निर्णय अनुसार लकडाउन खुकुलो बनाइएको जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाका अनुसार सरकारले उद्योग, व्यापार, डिर्पाटमेन्टल स्टोर्स, पसल तथा व्यवसाय खुलागर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार सपिङ मल भने केही समयका लागि खोल्न पाइने छैन ।

त्यस्तै क्वारेन्टिनका लागि खोलिएको होटल वाहेक अन्य होटल बन्द नै रहनेछन् भने रेष्टुरेण्टहरुले भिडभाड नगरी प्याकिङ खाना तथा होम डेलिभरीका सेवाहरु दिन सक्नेछन् ।

त्यस्तै सरकारी तथा निजी संस्थाका कार्यालयहरु बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि बेलुका ६ बजेसम्म खुल्ला गरिने निर्णय गरिएको छ ।

त्यस्तै सरकारले तोकेका २० वटा नाका बाहेक अन्य सबै नाका अर्को निर्णय नभएसम्मका लागि बन्द हुनेछन् । साथै बिवाह, पार्टी लगायतका विभिन्न समारोह, डान्सबार, पुस्तकालाय, म्युजियम, सामुहिक रुपमा खेलिने खेल लगायतका भिडभाड हुने क्षेत्रहरु पनि अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् ।

त्यस्तै स्कुल, कलेज, तालिम केन्द्र, ट्युशन सेन्टर, राष्ट्रिय अन्तराष्ट्रिय उडान, सरकारले तोकेको बाहेक अन्तराष्ट्रि सीमा नाकाबाट हुने आवत जावत, स्पा, व्युटी पार्लर, सैलुन सबैप्रकारका धार्मिकस्थल, सार्वजनिक यात्रुबाहक सवारीसाधनलगायत पनि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै सार्वजनिक यातायात तत्काल नचल्ने र निजी सवारीका लागि जोरबिजोर लागु गरिने छ भने मोटरसाइकल लगायतका दुई पांग्रे सवारी साधनमा १ जना मात्र यात्रा गर्न पाइने छ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १८:५३ मा प्रकाशित

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...