back
CTIZAN AD

बुधबार मृत्यु भएका अर्घाखाँचीका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७७ जेठ ३० शुक्रवार

765 

shares

३० जेठ, काठमाण्डौं । बुधबार बिहान मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

भारतको भारतको मुम्बईबाट फर्किएर क्वारेन्टिनमा बसेका  मालारानी गाउँपालिका वडा नं ४ का उनलाई स्वास्थ्य समस्या भएपछि मंगलबार बुटवल लुम्विनी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ एकरात उपचारपछि घर लगिएका उनको बाटोमै मृत्यु भएको थियो ।

 

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेका उनी पहिलेदेखि दमको विरामी र घाँटीको अप्रेसन समेत गरेका थिए । क्वारेन्टिनमा रहँदा रहँदै उनमा स्वास्थ्य समस्या देखिएपछि सन्धिखर्क अस्पतालमा प्रारम्भिक उपचारका क्रममा अवस्था गम्भीर देखिएपछि बुटवल पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेशराज पौडेलले संसारन्युजलाई जानकारी दिएका छन् ।

जेठ २३ गते नै कोरोना संक्रमण भए\नभएको परीक्षण गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा श्वाव मिसिङ भएको भनेर खबर आएको र मृत्यु भएपछि पुनः श्वाव लिएर पठाइएको पनि पौडेलले बताएका छन् ।
‘श्वाब मिसिङ भयो भन्ने खबर आयो, मृत्यु भएपछि पुनः लिएर पनि पठायौं । फेरि पुरानै भेटियो भन्ने खबर पनि आयो ।’ उनले भने ।

एकरातको उपचारपछि घर फर्काइएका उनको कपिलवस्तु र अर्घाखाँचीको सीमानामा बुधबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको नतिजा बिहिबार ४ बजे आएको थियो ।

मलारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बिहिबार मात्र रिर्पोट पोजेटिभ आएकोले आज  नेपाली सेनाको कमाण्डमा शब व्यवस्थापनको कार्य भइरहेको बताएका छन् ।

उनले बुटवल प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका उनलाई कोरोनाको लक्षण देखिएपछि थप उपचारका लागि कोरोना विशेष अस्पतालमा लैजान अस्पतालले आग्रह गर्दा परिवारले ‘चिसोको कारण समस्या देखिएको हो, घरमै लगेर सन्चो हुने’ भन्दै गाउँतिर फर्काएका थिए । बुधबार बिहान अस्पतालबाट हिँडेका उनको शितगंगा नगरपालिकाको डोहोटे भन्ने ठाउँमा दिउँसो १२ बजे मृत्यु भएको पनि गाउँपालिका प्रमुख आचार्यले जानकारी दिए ।

‘उहाँमा पहिलेदेखि दमको समस्या थियो, १ वर्ष अगाडि घाँटीको अप्रेसन पनि गर्नुभएको रहेछ । उहाँ संकास्पद देखिएकाले र्यापिड टेष्ट नगरी पिसीआर नै परीक्षण गरेका थियौं । अध्यक्ष आर्चाले भने ।

मालारानी गाउँपालिकाका २९ वटा क्वारेन्टिनमा हाल ५४५ जना रहेका छन् । उनीहरुमध्ये संकास्पद रहेका ९७ जनामा पिसीआर टेष्ट गरिएकोमो ९६ जनाको रिर्पोट नेगेटिभ आएको र १ जना (मृतक) को पोजेटिभ आएको पनि अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

बुधबार मृत्यु भएका उनीसँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक जानकारी दिएको छैन ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ०९:०१ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...