
३० जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । वल्डोमिटरका अनुसार ब्राजिलमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ४१ हजार ५८ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।
ब्राजिलमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि ८ लाख ५ हजार ६ सय ४९ पुगेको छ ।
हजो मात्र ब्राजिलमा ३० हजार ४ सय ६५ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार २ सय ६८ जनाको मृत्यु भएको ।