back
CTIZAN AD

प्रतिनिधिसभाले पारित गरेको विधेयक आइतबार राष्ट्रिय सभामा पेस हुने कार्यक्रम

वि.सं.२०७७ जेठ ३१ शनिवार

837 

shares

३१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट दुई तिहाइभन्दा बढी मतले पारित गरिएको नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ आइतबार राष्ट्रिय सभामा पेस हुने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक अब राष्ट्रिय सभामा गएको छ । प्रतिनिधिसभाले शनिबार नै उक्त विधेयक पारित भएको सन्देश राष्ट्रियसभामा पठाएको छ ।

प्रतिनिधिसभाको सन्देशसहित ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रस्तुत हुने सम्भावित दैनिक कार्यसूचिमा राखिएको छ ।

राष्ट्रिय सभाको सूचना अनुसार आइतबारको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सभा समक्ष टेबुल गर्ने रहेको छ ।

राष्ट्रिय सभाले संशोधन विधेयक पारित गरे त्यो सन्देश प्रतिनिधिसभालाई पठाइनेछ र त्यो सन्देशलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् ।

राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि संशोधन कार्यान्वयनमा आउने छ । त्यसपछि नेपालको निसान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेटिएको नयाँ नक्सा कामकाजमा आउनेछ ।

वि.सं.२०७७ जेठ ३१ शनिवार २०:४२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...