
३२ जेठ, काठमाण्डौं । नेपालमा आज ६१ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । जसमा ६ महिला र ५५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट निको भएर डिस्चार्ज हुनेमा नारायणी अस्पतालबाट ३ महिला र ९ पुरुष गरी १२ जना, पाटन अस्पताल ललितपुरबाट १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र २ पुरुष गरी ३ जना डिस्चार्ज भएका हुन् ।
त्यसैगरी नर्सिङ इन्स्चुयुट गौर रौतहटबाट ९ पुरुष, डडेल्धुरा अस्पतालबाट ५ पुरुष, दार्चुला जिल्ला अस्पतालबाट १ पुरुष, डोटी जिल्ला अस्पतालबाट १ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीबाट ६ जना पुरुष डिस्चार्ज भएका छन् ।
त्यसैगरी सहपुर्व आइसोलेसन सेन्टर बाँकेबाट ६ जना पुरुष, खजुरा क्यान्सर अस्पताल बाँकेबाट ८ पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ५ महिला र १ पुरुष गरी जम्मा ६ जना डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका ६१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९७४ पुगेको छ । जसमा पुरुष ८७७ र महिला ९७ जना रहेका छन् ।
आज ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ९१३ पुग्यो