back
CTIZAN AD

नेपालमा आज ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५,७६० पुग्यो

वि.सं.२०७७ जेठ ३२ आइतवार

738 

shares

३२ जेठ, काठमाण्डौं । नेपालमा आज ४२५ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ३७५ पुरुष र ५० महिलामा संक्रमण पुष्टि भएको हो ।

आज पनि  सबैभन्दा  बढी रौतहटमा ७३ जना, दाङका ५४ जना, सुर्खेतमा ४० जना, दैलेखका २९ जना, डडेल्धुरा २४, कन्चनपुरका २० जना, धादिङका २५ जना, नवलपरासी पश्चिमका २० र पाल्पाका १७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका २५ पुरुष, सुनसरीका १ र झापाका १ जना पुरुष रहेका छन् ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका ३ महिला र १४ पुरुष गरी १७ जना, बाराका ९ पुरुष, सर्लाहीका १ र रौतहटका ७ जना पुरुषमा संक्रमण पृष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा बझाङका २ महिला र ३ पुरुष गरी ५ जना, डडेल्धुराका २ महिला र २२ पुरुष गरी २४ जना, डोटीका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका १ महिला र ११ पुरुष गरी १२ जना, कन्चनपुरका ३ महिला र १७ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका १ महिला र २ पुरुष गरी ३ जना, बाँकेका ३ पुरुष, रुकुमपश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका २ पुरुष, दाङका १३ महिला र ४१ जना पुरुष गरी ५४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १ महिला र १६ पुरुष गरी १७ जना र धनुषाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ महिला र ७ पुरुष, नवलपरासी पश्चिमका २ पुरुष, २ महिला र १८ पुरुष, पाल्पाका १ महिला र १६ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना, दैलेखका ४ महिला र २५ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका १ र सिन्धुलीका १ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ६ महिला र १९ पुरुष गरी २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४९ पुरुष गरी ५१ जना, रुपन्देहीका ६ पुरुष र सर्लाहीका ५ पुरुषमा संक्रमण पृष्टि भएको छ ।

आज पुष्टि भएका ४२५ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुगेको छ । कूल संक्रमित मध्ये ५,३२४ जना पुरुष र ४३६ जना महिला रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । आज रुकुम पूर्वमा थप नयाँ संक्रमित भेटिएका छन् ।

नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो

वि.सं.२०७७ जेठ ३२ आइतवार १७:०४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...