
३२ जेठ, काठमाण्डौं । नेपालमा आज ४२५ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ३७५ पुरुष र ५० महिलामा संक्रमण पुष्टि भएको हो ।
आज पनि सबैभन्दा बढी रौतहटमा ७३ जना, दाङका ५४ जना, सुर्खेतमा ४० जना, दैलेखका २९ जना, डडेल्धुरा २४, कन्चनपुरका २० जना, धादिङका २५ जना, नवलपरासी पश्चिमका २० र पाल्पाका १७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका २५ पुरुष, सुनसरीका १ र झापाका १ जना पुरुष रहेका छन् ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका ३ महिला र १४ पुरुष गरी १७ जना, बाराका ९ पुरुष, सर्लाहीका १ र रौतहटका ७ जना पुरुषमा संक्रमण पृष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा बझाङका २ महिला र ३ पुरुष गरी ५ जना, डडेल्धुराका २ महिला र २२ पुरुष गरी २४ जना, डोटीका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका १ महिला र ११ पुरुष गरी १२ जना, कन्चनपुरका ३ महिला र १७ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका १ महिला र २ पुरुष गरी ३ जना, बाँकेका ३ पुरुष, रुकुमपश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका २ पुरुष, दाङका १३ महिला र ४१ जना पुरुष गरी ५४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १ महिला र १६ पुरुष गरी १७ जना र धनुषाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ महिला र ७ पुरुष, नवलपरासी पश्चिमका २ पुरुष, २ महिला र १८ पुरुष, पाल्पाका १ महिला र १६ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना, दैलेखका ४ महिला र २५ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका १ र सिन्धुलीका १ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ६ महिला र १९ पुरुष गरी २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४९ पुरुष गरी ५१ जना, रुपन्देहीका ६ पुरुष र सर्लाहीका ५ पुरुषमा संक्रमण पृष्टि भएको छ ।
आज पुष्टि भएका ४२५ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुगेको छ । कूल संक्रमित मध्ये ५,३२४ जना पुरुष र ४३६ जना महिला रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । आज रुकुम पूर्वमा थप नयाँ संक्रमित भेटिएका छन् ।
नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो