back
CTIZAN AD

कुवेतमा २० बर्षदेखि सम्पर्कबिहिन एक महिलाको खोजी

वि.सं.२०७७ जेठ ३२ आइतवार

756 

shares

कुवेतमा २० बर्षदेखि सम्पर्कबिहिन भएकी एक महिलाको परिवारले उनको खोजी गरेको छ ।

ती महिलाका परिवारले जस्तोसुकै अवस्थामा भएपनि उनको बारेमा थाहा पाउन पाए हुने थियो भन्ने चाहना व्यक्त गरेका कारण सामाजिक सञ्जालमार्फत खोजिका लागि प्रयास गरिएको कुवेतबाट सामाजिक अभियन्ता रुपेन हमालले बताए ।

खोजी कार्यको लागि घर परिवार लगायत माइतीले नेपाली राजदूताबास कुवेत, कुवेतका सम्पुर्ण संघसस्था लगायत कुवेतमा कार्यरत सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुसँग आग्रह गरिएको छ ।

सामाजिक अभियन्ता हमालले सामाजिक सञ्जालमा राखेको जानकारीमा ती महिलाको नाम भवानी तिमलसिना र घर काठमाडौँको थली डाची भएको बताइएको छ । उनको श्रीमानको नाम सानो भाइ तिमलसिना हो भने उनका दुई छोरीहरु छन् ।

चितवन माइती भएकी उनका भाई गोविन्द खनालले दिदी २०५५ साल असारमा भारत मुम्बइ हुँदै कुबेत पुगेको र कुवेत पुगेपश्चात एकपटक पत्रचार गरेको र एकपटक क्यासेटमा भ्वाइस रेकर्ड पठाएको बताए । त्यसपछि सम्पर्कबिहिन भएकी आफ्नी दिदीको बारेमा केही जानकारी पाउन नसकेको बताएको पनि रुपेनले उल्लेख गरेका छन् ।

उनलाई देख्ने वा भेट्ने जोकोहीले नेपाली राजदुताबास कुवेतमा खवर गरिदिनु हुन आग्रह गर्दै उनले नेपालको लागि चितवनका अशोक खनाललाई मोबाइल 9862547945 मा सम्पर्क गर्न सकिने बताएका छन् ।

त्यस्तै रुकु खड्काफुलसानी तामाङ पनि ५ बर्ष देखि सम्पर्कबिहिन भएको र उनीहरुको  घरपरिवारले खोजी गरिरहेको पनि रुपेनले बताए ।

हेलम्बु गाँउ पालिका इचोक – ६ सिन्धुपाल्चोक स्थायी घर भै रोजगारीको सिलसिलामा बिगत १० बर्ष देखि कुवेतीको घरमा काम गर्दै आएकी रुकु खड्का र फुलसानी तामाङ बिगत ५ बर्ष देखि घरपरिवार, साथी संगीनी लगायत कोहिसंग पनी अहिले सम्म सम्पर्कमा नआएको बताइएको छ ।

रुपेनका अनुसार उनीहरु १० वर्ष बसेको घर र दलालको पत्ता लागेकोे छ । अहिले दूतावास व्यस्त भएका कारण घरवालासँग कुरा गर्न केही दिन कुर्नुपर्न भएको जानकारी दिँदै त्यसभन्दा बढी जानकारी नभएको पनि उनले बताए ।

 

वि.सं.२०७७ जेठ ३२ आइतवार १६:५१ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...