३२ जेठ, काठमाडौँ । बलिउड फिल्मका नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।
राजपुतको शव मुम्बईको बांद्रामा रहेको एउटा फ्ल्याटमा फेला परेको थियो। आत्महत्याको कारण भने खुल्न नसकेको बताइएको छ ।
लिसिरियल हुँदै फिल्ममा समेत राम्रो प्रहशन गर्न सकेका उनी अभिनित केदारनाथ निकै चर्चित थियो । पछि उनले महेन्द्र सिंह धोनीको बायोपिकमा आधारित फिल्ममा समेत अभिनेताको भूमिकामा रहेका थिए ।
उनी ‘क्या पो चे’ फिल्ममार्फत बलिउडमा प्रवेश गरेका थिए । यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्ड मिलेको थियो । त्यस्तै शुद् देसी रोमान्स, पीके जस्ता फिल्महरूमा अभिनय गरेका छन् ।
(एजेन्सी)
वि.सं.२०७७ जेठ ३२ आइतवार १५:१६ मा प्रकाशित






























