
३२ जेठ, काठमाडौं । सरकारले राजधानी प्रवेश गर्न सम्बन्धीत नगरपालिकको अनुमति अनिबार्य गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो । सोहि निर्णयका आधारमा सम्बन्धित मन्त्रालयले मापदण्ड र कार्याबिधि बनाएर कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री यूवराज खतिवडाले जानकारी गराएका थिए ।
मन्त्रीपरिषदको निर्णय अनुसार शुक्रबार गृहमन्त्रालयले एक कार्यधि बनाएर माताहातका निकायहरुमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको सोहि निर्देशन अनुसार उपत्यका भित्रन सम्बन्धित स्थानिय तहको अनुमति अनिवार्य गरेको हो ।
त्यस्तै उपत्यका बाहिर जानलाई पनि कारण सहितको पास अनिबार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं जनाएको छ ।