कालापानी लिपुलेख र लिम्पियाधुरा वा महाकाली नदीको सिर लिम्रियाधुरा हो र सो नदीसहितको पूर्व नेपाल हो । महाकाली नदी पश्चिमको भुगोल (कुमाउ गढवाल गुमाएर)नेपाल ब्रिटिस इस्टइन्डिया सम्झौता यानी कि सुगौली सन्धि गरिएको थियो। ब्रिटीससंग उक्त सम्झौतामा महाकाली पश्चिमको नदि हामिले दावा गर्ने छैनौं भन्नाले नदि साझा र पानी आधा आदा भन्ने नारा महाकाली संन्धिकर्ताले फैलाईएको नारा हो। जो नारा सो भन्दा पहिले थिएन। हामीले महाकानी,मेची नदी पारीका दुईगाऊ सहित हाम्रै भनेर पढीयो। नदी साझा र पानी आधा गराउनु पनि राष्ट्रघात थियो। यो कुरा जतिनै ढाकछोत गरेपनी छोपिदैन।
अब कुरा रह्यो कालापानी, लिपुलेख र लिम्पियाधुरा कसरी बिबादीत भुमी भयो ? बिलकुल बिबादीत होईन स्पस्ट छ कि नेपालल महाकाली नदी पश्चिमको कुमाउ गढवालको हाम्रो भुमी ब्रिटीसले कब्जा गरेपछी हामीले दावा गर्ने छैनौ भनेर सुगौली सम्झौता गरि हाम्रो भुमी छाडिएको थियो।
जब भारत र चिन बिच सन१९६१र६२मा लडाई भयो सो समयमा नेपालसंग १८ ठाऊँमा सैन्य पोस्ट राख्ने भारतले माग्यो र नेपालले छिमेकी राष्ट्रको हिसाबले लडाईको बेला सम्मलाई उपलब्ध गरायो। छिमेकीलाई चिन संग लड्न सामरिक महत्वका ठाऊँहरु उपलब्ध गराएको गुनको बदला ति ठाँऊहरु कुनै न कुनै बहाना बनाएर भारतले १०,११ वर्ष सम्म बसि रह्यो जव चीनसंगको लडाईको आशंका कमी भयो तब मात्र तत्कालीत नेपाल सरकारले बारम्बार कुरा ऊठाए पछी अन्य नेपालका उत्तरी रेन्जमा भएका १७ वटा सैन्य पोस्ट हटायो। तर कालापानी पोस्ट नछोडी भारतीय सेना बसिरह्यो।अन्य पोस्ट हटाए पनी चिन संगको जुनसुकै लडाईमा नेपालका सबै पोस्टहरु संधैका सरकारले नदिनपनी सक्छन भन्ने आंकलन र कालापानी पोस्ट सिमा आसपास भएकाले अटेरी गरी बसियो भने त्यहाँ भन्दा उत्तरी रेन्जका लिपुलेख लिम्पियाधुरा सामरिक हिसाबले महत्वपूर्ण देखेर ती भुगोलहरु आफ्ना बनाउन मुख्य काली (महकाली) नदिको सिर लिम्पियाधुरालाइ नै गुमराहमा पार्न कालीनदीमा मिसिने अन्य खोलाहरुका मुहान खोज्ने क्रममा कालापानी लिपुलेख लिम्पियाधुराको भुभाग लडाईमा सामरिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेकाले सो क्षेत्र छोड्न चाहेन र आफ्ना तर्फ पार्ने षडयन्त्र गरेर बि.स. २०३२तिर भारतको डिजाइनमा नक्शा निकाली नेपाललाई दिने काम भयो। नेपालले प्रतीबाद गर्नुको बदला १७ स्थानबाट हट्यो त्याहाबाट पनि हट्ला भनी उदार बन्नुको परिणाम लिम्पियाधुरा लिपुलेख र कालापानी काटीएको नयां नक्शा छापी नेपालले भारत चिन लडाईको बेला १८ स्थानमा पोस्ट राख्न दिएर (जो अर्को देशलाई नदिन पनि सकिन्थ्यो) लगाएको गुनबापत उपहार दिने काम गर्यो।
भारत कति मिचाहा छ भन्ने कुरा पूर्व दक्षिण पश्चिमका कैयौं स्थानमा पिल्लर सारेर हुन्छ कि नदी वहावलाई फर्काई दिएर हुन्छकी जसरी पनी भुमी अतिक्रमण गरिरहेकै छ। नेपालका आत्मसमर्पणवादी सासक र कर्मचारीलाई लोभ लालचमा फसाई आजपनि कैंयौं पटक सदन,मन्त्रीमण्डल र सरकारका निर्णयहरुमा कुनै न कुनै रुपमा अंकुश लगाउने हर प्रयत्न गरेको हुन्छ। बिस्तारबादी हेपाहा मिचाहा प्रबृतिकै कारण सिक्किम निलीदियो। पाकिस्थानसंग सदैब सिमाकै कारण लडाई भइ रहन्छ। कस्मिर निलीदियो। सोही क्रममा नेपालको सो भुगोललाई सन् १९६० बाट गिद्दे नजर लगाई कैयौं पटक योजनाबद्द रुपले नेफाललाई फसाउन कोशिस गर्यो। महाकानी सन्धीमा नदी साझा र पानी आधा भनाउन लगाएर आफ्नो खुनी पंजा फैलाउन सफल भयो। सचेत राष्ट्र प्रेमी नेपाली जनताले बिरोध जुलुस ज्ञापनपत्र बुझाए तर नेपाली सासकहरुले आत्मसमर्पण गरि घुँडा टेकी सम्झौतामा हस्ताछर गरिसकेका थिए जसका कारण जनता भुलाउने नारा महाकाली नदी आदा हो पानी साझाको वकालत गरे। चिन भारतको धार्मिक पर्यटकिय एवं ब्यापार सम्बन्धी बार्ता सम्झौता उक्त लिपुलेखमा गर्न पुगे। सचेत नेपालीले त्यो बेलापनि उक्त नेपालको स्थानमा दुबै बाह्य मुलुक बसेर क्न वार्ता गरियो ? यो हस्तछेप भयो भनेर नेपाली जनता सरकारले समेत बिरोध गर्यो। गत वर्ष कश्मिरलाई भारतकै नक्शामा गाभी निकाल्ने वेला भारतले फेरीपनी कालापानी लिपुलेख लिम्पियाधुराको उक्त सामरिक महत्वको भुभाग समेत अतिकम्रण गरि नक्शा निकाल्ने काम गर्यो। सो समयमा पनि नेपाली जनताले सो भुभाग हाम्रो हो भनी भारतिय हस्तछेपको बिरोध गरे सरकारले वार्ताको अनुरोध गर्यो तर भारतले कुनै सुनुवाई गरेन।
‘काग कराउदै छ पिना सुक्दैछू भनि भारतले अटेरी गरि रह्यो। हुँदै जादा केही समय पहिला कोरोना कहरको लकडाउनको समय पारेर भारतिय रक्षामन्त्रीले नै उक्त अतिक्रमित नेपाली भुमीवाट चिन संगको ब्यापार गर्ने र कैलास पर्वत मानसरोवर जाने सडक खनेर उद्घाटन गर्न पुगे जसले ‘अति गर्नु अत्याचार नगर्नु’ बिगतका सासकहरुलाई झै ठानेर आफ्नो काम पनि गर्दै जाने बिरोध गरे कान टालेर बस्ने सोचले साह्रै अत्याचार गरेपछी ‘जहॉ दमन त्यहाँ बिद्रोह जहॉ बिद्रोहको दमन त्यहॉ बिस्फोट’ भनेझै नेपाली राष्ट्रप्रेमी शक्तीहरु जब सत्ता सरकारको नेरीफेरी हुदै सरकारको नेतृत्व गर्न पुगे तब देखि आत्मनिर्णयको अधिकार प्रयोग गर्दै भारतले थापेका हरेक एम्बुसहरुलाई छल्दै आफ्नै कौशलतामा आवस्यकता वा बाध्यात्मक अवस्थाका सरकार फेर बदल होस,नयॉ संबिधान निर्माण र घोषणा होस, अन्य मुलुकहरुसंग स्वतन्त्ररुपले सम्बन्ध बिस्तारमा होस, भारतले लगाएको नाकाबन्दीको डटेर सामना गर्ने सबालमा होस, समृद्द नेपाल निर्माणका पूर्वाधार निर्माणमा चिन लगायतका अन्य मुलुक संग भएका सम्झौताहरु हुन, यस्तै यस्तै वा त कम्युनिष्टको चुनावी मोर्चा, पार्टी एकता, दुई तिहाईको स्थायी सरकार होस् यी सबै कुराहरुमा भारतलाई मन परेको छैन।
पटक पटक हरेक पटक डमरुवालाले बॉदर नचाए झै नचाउदै आउने गरेको भारतका हरेक योजना चालवाजीहरु बेकम्बा साबित गराउदै नेपाल कहिल्यै गुलाम नभएको स्वतन्त्र राष्ट्र थियो, हो र रहिरहने छ भन्ने कुरालाई दह्रोसंग पकडेर अगाडी बढ्ने बर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको दृढ अडान र सोही पार्टीको सरकारले योजना बद्धरुपले अगाडी सारेको राष्ट्रियता प्रतिको अडानका कारण सुगौली सन्धी अनुसार नेपालको नक्शा पाएका हौं।
वि.सं.२०७७ असार १ सोमवार १८:१८ मा प्रकाशित






























