१ असार, काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस( कोभिड –१९) का कारण विभिन्न उद्देश्यले विभिन्न देशमा पुगेका नेपालीहरु समस्यमा परेका छन् । यसैक्रममा सरकारले रोजगारी, अध्ययन तथा अन्य उद्देश्यले मलेसिया पुगि हाल समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी जुन १६, १८, २० र २१ मा चार्टर्ड उडान गर्दैछ ।
नेपाल एयर लाईन्स र हिमालयन एयर लाईन्सले चार्टड उडान भर्ने जानकारी गराइएको छ । मलेसिया स्थित नेपाली दूतावासले नेपाल फर्कन फाराम भरेका ६,२८८ जनाको नाम सार्वजनिक गरेको छ । नेपाल फर्किएपछि सरकारद्धारा तोकिएको मापदण्ड अनुसार क्वारेन्टिनमा बस्नु पर्नेछ । फर्कनेहरु स्थानीय क्वारेन्टिन अथवा आफ्नै खर्चमा होटलमा १४ दिन बस्नु पर्नेछ ।
यसरी फर्कनेहरुमा धेरै जसो स्थानीय निकायको क्वारेन्टिनमा बस्ने छन् भने ६४५ जना आफ्नै खर्चमा होटलमा बस्ने भन्ने जानकारी भरिएको फाराममा उल्लेख छ । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नेहरुका लागि यसअघि नै होटलको विवरण सार्वजनिक गरेको छ ।
होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत
दूतावासले मलेसियाबाट नेपाल जानको लागि फाराम भरेका व्यक्तिहरुको विवरण भन्दै कस्तो व्यक्ति फर्कन सक्छन् भन्ने बारे पनि जानकारी गराएको छ ।
सूचना अनुसार रोजगारी भिषामा मलेसिया पुगि वैधानिक रुपमा बसिरहेकाले मात्र टिकट काट्न सक्ने छन् । रोजगारी भिषामा रहेका र भिषाको अवधि समाप्त भएका व्यक्तिहरुले चेक आउट मेमो लिएर मात्र नेपाल फर्कन सकिने जनाइएको छ । रोजगारी भिषामा रहि नेपाल फर्कनको लागि पहिलेनै बनाएको चेक आउट मेमोको अवधि समाप्त भएका व्यक्तिहरुले अध्यागमन लगायतका मलेसियाको कानुन बमोजिम आफू नेपाल फर्कन योग्य भएको सुनिश्चत गर्नु पर्ने र फर्कनका लागि नेपाल पुग्ने दिनको सातदिन भित्रको कोभिडा १९ परीक्षणको रिपोर्ट अनिवार्य गरिएको पनि सूचनामा जनाइएको छ ।
उक्त सूचनामा इण्डोनेसियमा अलपत्र परेका २४ जना नेपालीहरुको नाम उल्लेख छ उनीहरुले मलेसियाको क्वालालम्पुर हुँदै फर्कन सक्ने गरी टिकट लिन सक्ने बताइएको छ ।
हेनुस् नेपाल फर्कन भन्दै फारम भरेकाहरुको विस्तृत विवरण :
वि.सं.२०७७ असार १ सोमवार १७:५१ मा प्रकाशित






























