१ असार काठमाडौं । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामला तथा योजनामन्त्री ईन्द्र बहादुर आङ्बोले प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार विनियोजन गरेका छन् । जुन कूल बजेटको ४६.२९ प्रतिशतहुन आउँछ छ ।
प्रदेशले पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार बिनियोजन गरेको छ । यो कूल बिनियोजन मध्येको ५३.७१ प्रतिशत हुन आउँछ ।
त्यस्तै प्रदेशले वित्तीय व्यवस्थातर्फ ४ करोड विनियोजन गरेको छ भने अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरेको छ ।
वि.सं.२०७७ असार १ सोमवार १७:२८ मा प्रकाशित






























