२ असार,बिहार, भारत । बिहारको नालंदा जिल्लामा, अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेको खबर सुनेर दुखित बनेका १४ वर्षीय एक किशोरले आत्महत्या गरेका छन् । गौतम कुमार नामका ती बालक सुशांतको मृत्युको खबर सुनेर आश्चर्यचकित बनेका थिए । उनले सुशान्तको बारेमा आफ्नो गाउँका धेरै व्यक्तिहरूसँग कुरा गरेका थिए । घटना मंगलवार बिहान चंडी थाना क्षेत्रको लोदीपुर गाउँमा भएको हो ।
उमाशंकरलालका छोरा गौतम कुमारले फाँसीमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी १० कक्षाका विद्यार्थी थिए । गौतमलाई झुण्डिएको देखेर परिवार चिच्याए । सूचना पाएपछि पुलिस घटनास्थलमा पुगि कुमारको शवलाब्ई कब्जामा लिएर पोस्टमार्टमका लागि सदर अस्पताल पठाएको छ ।
अभिनेता सुशान्तको आत्महत्या बारे कंगना रनावतले गरिन् यस्तो खुलासा
गाउँका मुखिया संजय कुमारका अनुसार बिहान किशोर गाउँमा घुमफिर गर्दै घर भित्र गए र आफूलाई एउटा कोठामा बन्द गरे । लामो समयसम्म कोठाबाट बाहिर नआएपछि परिवारले कोठामा हेर्न गए । कोठाबाट कुनै प्रतिक्रिया नआएपछि परिवारले झ्यालबाट हेर्दा किशोरको शरीर झुण्डिएको अवस्थामा थियो ।
थानाका प्रमुख रितुकुमारले परिवारले मृतकको परिवारले भने अनुसार शुसान्त सिंहको मृत्युबाट अत्यन्त आहात भएकाले उनले आत्महत्या गरेका हुन सक्छन् । यस सम्बन्धमा प्राथमिकी दर्ता गरिएको र यस विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।
बलिउड अभिनेता शुसान्त राजपुतले १४ जुनमा आत्महत्या गरेको खबरले धेरै युवायुवती दुखित बनेका छन् । उनको आत्महत्याको खबर सुनेर उनकै नाताले भाउजु पर्नेलाई हृदयघात भएको र सोही कारण उनको निधन भएको थियो ।
(एजेन्सी)
वि.सं.२०७७ असार २ मंगलवार १८:३७ मा प्रकाशित






























