
वलिउडमा आफ्नो कैरियर बनाउन संघर्ष गरिरहेका अभिनेता शुसान्त सिंहको आत्महत्या बारे बोल्दै अर्की अभिनेत्री कंगना रनावतले सुशान्तले फिल्म क्षेत्रले उनलाई नअपनाएकै कारण हात्महत्या सम्मको घटना घटाउन पुगेको बताएकी छन् ।
रनावतले वलिउड क्षेत्रमा संघर्ष गरिरहेका सुशान्तको आत्महत्यालाई वलिउड इण्डष्ट्रीजमा केहीले हल्का रुपमा लिएको र ‘जसको दिमाग कमजोर हुन्छ त्यस्ता व्यक्तिले यस्तो गर्छन’ भन्ने गरेकोमा दुःख व्यक्त गरेकी छन् ।
रनावतले सोमबार एक भिडियोमा आफ्नो कुरा राख्दै भनेकी छन् ‘उसको दिमाग कसरी कमजोर हुन्छ, उसले सामाजिक संजालमा पछिल्लोपटक लेखेको छ, ‘प्लीज मेरो फिल्म हेरिदिनुहोस्, मेरो कुनै गडफादर छैनन्, मलाई फिल्म इण्डिष्ट्रजबाट निकालिदिन्छन्, आफ्नो इन्टरभ्युमा उनले भनिरहेका छन्–मलाई फिल्म क्षेत्र किन अपनाउन चाहान्न ? के उनको यस्तो कुराले उनको यो घटनामा फिल्मक्षेत्र जिम्मेवार छैन ?’
रनावतले फिल्म क्षेत्रमा ६-७ वर्षको अवधिमा शुसान्तले का य पोछे! जस्ता हिट फिल्म दिएपनि उनलाई कतैबाट पनि प्रसंसा नभएको र अवार्ड पनि नदिएकोमा दुःख व्यक्त गरेकी छन्, ‘केदारनाथ, धोनी, छिचोरे जस्ता फिल्ममा राम्रो भूमिका प्रदर्शन गरे तर, वाहियात फिल्मलाई अर्वाड दिइयो, छिछोरे वेस्ट फिल्म, वेस्ट डाइरेक्टर थिए । तर त्यो फिल्मलाई कसैले प्रसंसा गरेन । हामीलाई तपाईहरु बाट केही चाहिएन । तपाईको फिल्म पनि चाहिएन । तर, हामीले आफै काम गरिरहेको बेला त्यसको परिचय किन दिनुहुन्न ?’
रनावत भन्छिन् ‘म आफै फिल्म निर्देशन गर्छु तर, उनीहरु सुपरहिट फिल्मलाई फ्लप घोषित गर्छन । म माथि ६ वटा केश लगाएर जेलमा हाल्ने कोशिष गरे । उनीहरुका चम्चा जर्नलिस्ट छन्, उनीहरुले शुसान्त जस्ता व्यक्तिहरुका लागि आँखा चिम्म गरेर लेख्छन्, उनी साइकोटिक थिए, न्युरोटिक थिए, संजयदत्त एडिक्सन थिए, त्यो तपाईलाई राम्रो लाग्छ । उनीहरु मलाई म्यासेज गर्छन्ति-म्रो डिफिकल्ट टाईम छ, यस्तो उस्तो स्टेप नउठाउनु, उनीहरु मेरो दिमागमा किन यस्तो घुसाउन चाहान्छन् कि ‘तिमी सु–साइड गर’ यो सुसाईड थियो कि यो प्लान मर्डर थियो ? तर सुशान्तको गल्ति यहि थियो कि, तिमी वर्कलेस हौं, उसले यो मान्यो । उनीहरु यहि चाहान्थे अनि यहि इतिहास लेख्न चाहान्थे – सुशान्त कमजोर दिमागको थियो । उनीहरु यो बताउँदैनन् कि, सत्य के हो ?’