२ असार, दिल्ली । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अत्यन्तै ज्वरो र सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई राजीव गान्धि अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनलाई राती अक्सिजन सर्पोट राखिएको थियो । साथै उनको कारोना टेष्ट पनि गरिएको छ । त्यसको रिर्पोट आज बेलुका आउने बताइएको छ ।
दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये पाँचौ नम्बरमा पर्दछ । दिल्लीमा अहिलेसम्म ४२ हजार बढी कोरोना संक्रमित रहेका छन् । भारतमा हालसम्म ३ लाख ४३ हजार ८० जना कोरोना संक्रमणका विरामी भेटिएका छन् । जसमा १ लाख ८० हजार ३२० जना संक्रमणबाट निको भइसकेका छन् भने झण्डै १० हजारको मृत्यु भएको आंकडा रहेको छ ।
वि.सं.२०७७ असार २ मंगलवार १४:५५ मा प्रकाशित






























