back
CTIZAN AD

एमसीसी राष्ट्रिय हितमा नभएको भन्दै अनुमोदन नगर्न पुष्पलाल अध्ययन समाजको आग्रह

वि.सं.२०७७ असार २ मंगलवार

903 

shares

२ असार, काठमाडौँ । पुष्पलाल अध्ययन समाजले अमेरिकी सहयोग नियोगको (एमसीसी) अनुमोदन नगर्न आग्रह गरेको छ । महासचिव सुरेश कार्कीले वक्तव्य जारी गर्दै एमसीसीका सन्दर्भमा समाजको धारणा सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा एमसीसी राष्ट्रिय हितमा नहुने मात्र होइन देशको सार्वभौम सत्ता भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा तत्काल र दीर्घकालिन गम्भीर र अपुरणीय क्षति प¥याउने भनि आम जनताबाट चर्को विरोध भइरहेको अवस्थामा पनि संसदबाट अनुमोदन गराउने चलखेल भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विदेशी राष्ट्रहरुबाट नेपालले सहयोग लिनु पर्दछ, तर त्यस्ता सहयोग राष्ट्रिय हितको लागि हुन अनिवार्य हुनुपर्ने वक्तव्यमा उल्लेख छ ।

अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अभिन्न अंगको रुपमा रहेको एमसीसी सहयोग प्रोजेक्टको उद्देश्य सामरिक र सैन्य रहेको र यसको भित्रि नियत आर्थिक सहयोगको आवरणमा नेपाललाई सामरिक अखडा बनाउने नै भएको ठहर समाजले गरेको छ ।

एमसीसी प्रोजक्टबाट सहयोग लिनका लागि अघि सारिएको सम्झौता नेपालको तत्कालिन र दीर्घकालिन हितमा नरहेको भन्दै वक्तव्यमा सम्झौता अनुमोदन र लागू हुन नदिन आ–आफ्नो क्षेत्रबाट दवाब सिर्जना गर्न आम जनता समक्षसमेत अपिल गरिएको छ ।

हेर्नुस् विज्ञप्तीको पूर्ण पाठ :

एमसीसी अनुमोदन नगरौं, खारेज गरौं ।

अमेरिकी सहयोग प्रोजेक्ट(एमसीसी)बाट सहयोग लिनु राष्ट्रिय हितमा नहुने मात्र होइन देशको सार्वभौम सत्ता भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा तत्काल र दीर्घकालिन गम्भीर र अपुरणीय क्षति प¥याउने भनि आम जनताबाट चर्को विरोध भइरहेको अवस्थामा पनि सरकार र विपक्षी दल नेपाली कांग्रेसको मिलेमतोमा एमसीसी सहयोग सम्झौता संसदबाट अनुमोदन गराउने चलखेल भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मित्रराष्ट्र लगायतका विदेशी राष्ट्रहरुबाट नेपालले सहयोग लिँदै आएको छ र लिनुपर्दछ । तर, त्यस्तो सहयोग राष्ट्रिय हितको लागि हुन अनिवार्य हुन्छ । एमसीसीको यो सहयोग राष्ट्रहितको कसीमा जाँचिनु पर्दछ र हेरिनु पर्दछ ।

अमेरिकाको हिन्द प्रशान्त रणनीति (Indo Pacific Strategy)  को अभिन्न अंगको रुपमा रहेको एमसीसी सहयोग प्रोजेक्टको उद्देश्य सामरिक र सैन्य रहेको कसैबाट छिपेको छैन । अमेरिकाले यो सहयोग भिडाउनुको भित्रि नियत आर्थिक सहयोगको आवरणमा नेपाललाई सामरिक अखडा बनाउनु नै हो । अमेरिकी एमसीसी प्रोजेक्टबाट सहयोग लिनको लागि अघि सारिएको सम्झौता निम्न आधारमा नेपालको तत्कालिन र दीर्घकालिन हितमा नरहेको हाम्रो दृढ मत र धारणा रहेको छ ।

१– यो एमसीसी सम्झौताले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाललाई अमेरिकी सैन्य गुटमा संलग्न गराउँदछ । जुन नेपालले निरन्तर अवलम्बन गर्दै आएको असंलग्न परारष्ट्र नीतिको प्रतिकुल छ ।

२– नेपालको संविधान कानुन भन्दा माथि यो सम्झौता रहने प्रावधान (सम्झौताको दफा ७.१) ले देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई गम्भीर क्षति पु¥याउँदछ ।

३– यो प्रोजेक्टमा १३ करोड अमेरिकी डलर बराबरको नेपाली रकम लगानी हुनेमा घुमाउरो तरिकाले नेपालको महालेखा परीक्षकबाट लेखा परीक्षण गर्न बन्देज लगाउने गम्भीर आपत्तिजनक शर्त (दफा ३.८) राखिएको छ । यसबाट नेपाली राज्यकोष दुरुपयोग हुने निश्चित छ ।

४– एमसीसीले यो सम्झौता जुनसुकै बेला पनि रद्द गर्न सक्ने र त्यसको आर्थिक दायित्व नेपालले व्यहोर्नु पर्ने एकपक्षीय शर्त ( दफा ५.१) राष्ट्रियहितको प्रतिकुल छ । यसबाट देशले गम्भीर क्षति व्यहोर्नु पर्नेछ ।

५– यो प्रोजेक्ट नेपाल सरकारले नियमन र अनुगमनसम्म गर्न नपाउने शर्त (दफा ३.२ (ख) अनुसूची १) सम्झौतामा राखिएको छ । त्यसले नेपालको सार्वभौम सत्तालाई गम्भीर असर पु¥याउँछ ।

६– बौद्धिक सम्पत्तिमा एमसीसीको मात्र अधिकार हुने शर्त (दफा ३.२ (च) राष्ट्रिय हित विपरित छ ।

७– नेपाल भित्रै निर्माण हुने पूर्वाधार आयोजनामा भारत सरकारको समर्थन हुनुपर्ने (अनुसूची ५ (क) आयोजनाको रोजगारीमा विदेशीलाई बिना शर्त खुला र कर छुट आदि शर्तहरु स्वीकार गर्न नसकिने छन् ।

८– आयोजना समाप्त भएपछि पनि एमसीसीको आयोजनामा नियन्त्रण रहने शर्त (दफा ५.५/दफा ३.७ (ग)) भित्र रहेको नियत गम्भीर र षड्यन्त्रमुलुक छ । यो शर्तका आधारमा अमेरिकीहरु दिर्घकालसम्म नेपाली भूमिमा रहने र नेपालीभूमि प्रयोग गर्ने खतरा रहन्छ ।

यो सम्झौतामा उल्लेखित शर्तहरु राष्ट्रहित विपरीतका हुँदा यसलाई संसदबाट अनुमोदन नगरी खारेज गर्न नेपाल सरकार, नेकपा र नेपाली कांग्रेस लगायतका राजनीतिक शक्तिहरुको ध्यानाकर्षण गर्दछौं । साथै यो सम्झौता अनुमोदन र लागू हुन नदिन आ–आफ्नो क्षेत्रबाट दवाब सिर्जना गर्न आम जनतामा अपिल गर्दछौं ।

मिति : २०७७/०३/०२

महासचिव
सुरेश कार्की

वि.सं.२०७७ असार २ मंगलवार १४:१५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...