back
CTIZAN AD

विदेशमा अलपत्र कामदारलाई कल्याणकारी कोषबाट उद्धार गर्न सर्वाेच्चको आदेश

वि.सं.२०७७ असार २ मंगलवार

816 

shares

२ असार, काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई नेपाल फर्काउन वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम प्रयोग गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो ।

‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगि फर्कनु पर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगार दाताबाट टिकट प्राप्न गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरु मध्ये पनि रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था भै अलपत्रमा परेका, वैदेशिक रोजगारीमा गएका नानगरिकहरुको हकमा कुटनैतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेका भनि प्रमाणित भएका कामदारहरुलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पु¥याउनु पर्ने दायित्व राज्यको हुँदा त्यस्ता नेपाली कामदारको तत्काल उद्धारको प्रक्रिया सुरु गर्नु’ सर्वोच्चले गरेको फैसलामा उल्लेख छ ।

त्यस्तै उनीहरुलाई स्वदेश ल्याउँदा एक कार्यविधि बनाई उनीहरुको वैधानिक अपेक्षा र वैदेशिक रोजगार कल्याणकारी कोषको न्यायपूर्ण प्रयोगबीच सन्तुलन कायम हुने गरी तत्काल उद्धारको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । कार्यविधि बनाउँदा रिट निवेदनकर्ता र सरोकारवालासँग छलफल गर्न पनि भनिएको छ ।

विदेशमा अलपत्र परी स्वदेश फिर्ता हुनुपर्ने कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गर्नुपर्ने माग गर्दै अधिवक्ता सोम लुइँटेलले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि गत जेठ १२ गते सरकारले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ जारी गरेको थियो ।

चाटर्ड विमानबाट फर्काउने व्यवस्था सरकारले गरे पनि धेरै नेपालीहरु आफ्नो खर्चमा फर्कन नसक्ने भन्दा सरकारले उद्धार गरी ल्याउनु पर्ने दबाब बढ्दै गएको सन्दर्भमा सर्वोच्चको यो फैसलाले त्यस्तो समस्यामा परेका नेपालीलाई ठूलो राहत मिलेको छ । बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको ६ अरब भन्दा बढी पैसा थन्किएर बसेको छ ।

वि.सं.२०७७ असार २ मंगलवार १९:१६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...