back
CTIZAN AD

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

वि.सं.२०७७ असार २ मंगलवार

939 

shares

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी एक दुलहीले दुलाहाको घर नपुग्दै बाटोमै आत्महत्या गरेकी छन् ।

यो घटना हो भारतको । आइतबार बाबुआमाको घरबाट हाँसीखुसी विदा भएर दुलाहाको घर हिँडेकी एक दुलहीले नदीमा हाम फालेर आफ्नो इहलिला समाप्त पारेकी छन् ।

आइतबार गाडीमा चढेर दुलाहाको घर हिँडेकी अन्जु नामकी एक युवतीले नदीमा हाम फालेकी थिइन् । उनको शब सोमबार मात्र ५० फिट गहिराईमा फेला परेको थियो । युवतीका माइती तथा घरतिरका मान्छेहरुका अनुसार उनी माइतबाट बिदा हुँदा अत्यन्तै खुसी थिइन् । तर, उनले किन आत्महत्या गरिन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार अल्लापुर गाउँ निवासी रामप्रसाद सैनिकी छोरीको शनिबार विवाह भएको थियो । मध्यप्रदेशको श्योपुर जिल्लाबाट जन्ति आएका थिए । आइतबार बिहान माइतबाट बिदा भएर हिँडेकी उनले बाटोमा आफूलाइ वमिट आएकोले गाडि रोक्न ड्राइभरसँग अनुरोध गरेकी थिइन् । ड्राइभरले गाडीकै झ्यालबाट बमिट गर्न भनेपनि उनले गाडी रोक्न भनेपछि राजस्थान र मध्यप्रदेशको सीमामा रहेको एक पुलमा उनीहरु चढेको बोलेरो गाडि रोकिएको थियो ।

दुलाहा र गाडीमा बसेकाहरुले केही बुझ्नु भन्दा पहिले उनले गाडीबाट झरेर रेलिङबाट नदीमा हाम फालेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार नदीमा हाम फालेपछि केही समय उनी छटपटाएकी थिइन् । तर गाडीमा रहेकाहरु कसैलाई पनि पौडि खेल्न नआएकोले उनलाई बचाउने कोशिष कसैले गरेन ।

रेस्कु टिम एसडीआरएफको टिमले ती युवतीलाई आइतबार मृत अवस्थामा फेला पारेको थियो । उनको शब दुलहीको पहिरनमै रहेको अवस्थामा निकालिएको थियो । ऐजेन्सी

वि.सं.२०७७ असार २ मंगलवार २०:४७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...