back
CTIZAN AD

ओली–प्रचण्ड छलफल, बुधबारको स्थायी कमिटी बैठक सुनिश्चित

वि.सं.२०७७ असार ९ मंगलवार

873 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार स्थायी समिति बैठक राख्नेबारे सहमति भउको छ । मंगलबार दिउँसो भएको छलफलमा तोकिएकै समयमा स्थायी समिति बैठक बसाल्ने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एजेण्डा तय नभईसकेको भएपनि बैठकमा कोरोना प्रभाव, सरकारको कामकारबाही, चर्चामा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन, नक्सा विवाद, नागरिकसम्बन्धी विधेयकलगायतका विषयमा छलफल हुने नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

यी एजेण्डामा हुनेछ छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलमा बैठकमा पेश गरिने एजेण्डाको विषयमा कुराकानी भएको थियो ।

एजेण्डा तय नभईसकेको भएपनि बैठकमा कोरोना प्रभाव, सरकारको कामकारबाही, चर्चामा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन, नक्सा विवाद, नागरिकसम्बन्धी विधेयकलगायतका विषयमा छलफल हुने नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार एमसीसीको विषयले पार्टी बैठकमा मुख्य प्राथमिकता पाउनेछ ।

पौडेलका अनुसार कोरोना संकटका बीच गत वैशाख ८मा अप्रत्यासित रुपमा ल्याइएको दुईवटा विवादास्पद अध्यादेशबारे बैठकमा छलफल हुनेछ । अध्यादेश प्रकरणसँगै नेकपामा विवाद चुलिँदै गएको छ ।

दुई पटक मिति तोकेर बैठक स्थगित भएको थियो बैठक

गत मंसिर अन्तिम साता बसेको स्थायी समिति बैठक त्यसयता पार्टी विवादका बीच पटक–पटक स्थगित हुँदै आएको थियो । वैशाख २५ र वैशाख ३१ मा मिति तोकेर अन्तिम समय बैठक स्थगित भएको थियो ।

बुधबार बस्ने बैठकमा बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने नेकपाले जनाएको छ ।

वि.सं.२०७७ असार ९ मंगलवार १६:५६ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...