१० असार काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई करिब १२ अर्ब रुपैंयाँ ऋण प्रदान गर्ने भएको छ । नेपालसरकार र विश्व बैंकबिच सो ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिषिर कुमार ढुङ्गाना र विश्व बैंकको तर्फबाट बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन ।
विश्व बैंक नेपालको लागि प्रमुख दातृ निकाय हो । यस अघि पनि उसले नेपाललाई १० करोड अमेरीकी डलर बराबरको ऋण उपलब्ध गराउने जनाएको थियो । सो रकम नेपाल सरकारलाई बिद्युत क्षेत्रको सुधार तथा कोरोनाको प्रभाब न्यूनीकरण गर्न दिईने बैंकले जनाएको थियो ।
अहिलेको रकम भने डेभलोपमेन्ट पोलेसि क्रेडिट अन्तर्गत बैंकले नेपाललाई उपलब्ध गराउन लागेको हो ।
बिश्व बैंकले नेपालको विद्युत क्षेत्रमा ठूलो लगानी गरेको छ । यसैको प्रतिफल स्वरुप नेपालको बिद्युत क्षेत्रको युगान्तकारी फड्को मारेको छ । अहिले नेपालको करिब८८ प्रतिशत जनसंख्यामा बिद्युतको पहुँच पुगेको छ । यसमा विश्व बैंकको ठूलो योगदान रहेको उसले बताएको छ ।