back
CTIZAN AD

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहायता

वि.सं.२०७७ असार १० बुधवार

777 

shares

१० असार काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई करिब १२ अर्ब रुपैंयाँ ऋण प्रदान गर्ने भएको छ । नेपालसरकार र विश्व बैंकबिच सो ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिषिर कुमार ढुङ्गाना र विश्व बैंकको तर्फबाट बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन ।

विश्व बैंक नेपालको लागि प्रमुख दातृ निकाय हो । यस अघि पनि उसले नेपाललाई १० करोड अमेरीकी डलर बराबरको ऋण उपलब्ध गराउने जनाएको थियो । सो रकम नेपाल सरकारलाई बिद्युत क्षेत्रको सुधार तथा कोरोनाको प्रभाब न्यूनीकरण गर्न दिईने बैंकले जनाएको थियो ।
अहिलेको रकम भने डेभलोपमेन्ट पोलेसि क्रेडिट अन्तर्गत बैंकले नेपाललाई उपलब्ध गराउन लागेको हो ।

बिश्व बैंकले नेपालको विद्युत क्षेत्रमा ठूलो लगानी गरेको छ । यसैको प्रतिफल स्वरुप नेपालको बिद्युत क्षेत्रको युगान्तकारी फड्को मारेको छ । अहिले नेपालको करिब८८ प्रतिशत जनसंख्यामा बिद्युतको पहुँच पुगेको छ । यसमा विश्व बैंकको ठूलो योगदान रहेको उसले बताएको छ ।

वि.सं.२०७७ असार १० बुधवार १७:१३ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...