back
CTIZAN AD

स्थायी कमिटी बैठकमा प्रचण्डले उठाए जेठ २ को सम्झौता

वि.सं.२०७७ असार १० बुधवार

891 

shares

१० असार, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटीको बैठकमा पार्टी एकता पूर्वको सहमतीलाई वेवास्ता गरिएको भन्दै गुनासो गरेका छन् । उनले पार्टी एकता घोषणाको अघिल्लो दिन अर्थात् २०७५ जेठ २ मा भएको सम्झौतालाई पालना नगर्दा पार्टीभित्र विवाद सिर्जना भएको बताए ।

प्रचण्डले सम्झौता पालना नगर्दा नै पार्टीभित्र अविश्वास देखिएको पनि बताए । सम्झौताअनुसार पार्टी एकतापश्चात भूमिका नपाएका उनले पार्टी विवाद देखिनुमा अर्का अध्यक्ष ओलीको एकलौटी निर्णय भएको टिप्पणी गरे ।

प्रचण्डले पार्टी र सरकार सञ्चालनमा समस्या नआओस् भनि आफुँले सहयोग गर्दा ओलीमा अहंकार पलाएको, पार्टी र सरकार गलत दिशातर्फ गएको बताए । उनले बैठकमा पार्टीभित्रको विवाद र सरकार सञ्चालनमा देखिएको असफलताको जिम्मेवारी ओलीले लिनुपर्ने बताएका थिए ।

https://www.onlinekhabar.com/wp-content/uploads/2020/06/Parachanda-Oli-Agriment-707x1024.jpg

के थियो जेठ २ को सम्झौता ?

तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रका बीचमा पार्टी एकता घोषणाको अघिल्लो दिन अर्थात २०७५ जेठ २ मा ५ बुँदे सम्झौता भएको थियो । दुवै अध्यक्ष र पार्टीका शीर्ष नेताहरुको हस्ताक्षर रहेको ५ बुँदे सम्झौतामा पार्टी एकतापश्चात कसको भूमिका के हुने, एकता प्रक्रिया कसरी सम्पन्न गर्ने, एकतापश्चातको सैद्धान्तिक मान्यता के हुने, दुई अध्यक्षको भूमिका के–के रहने भन्ने स्पष्ट उल्लेख थियो ।

पाँच बुँदे सम्झौताको ४ नम्बर बुँदामा समानता र समान अवधिका आधारमा दुवै अध्यक्षले सरकार र पार्टीको नेतृत्व गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपि शर्मा ओलीले पार्टीभित्र र सरकार सञ्चालनमा एकलौटी गर्दै गएपछि पूर्वमाओवादी समुह असन्तुष्ट रहँदै आएको छ ।

ओलीले पछिल्लो समय सरकार सञ्चालन र पार्टी निर्णयहरुमा पनि एकलौटी गर्दै आएसँगै पार्टीभित्र तत्कालिन एमालेका माधव नेपाल, झलनाथ खनाल र वामेदव गौतम समुह पनि असन्तुष्ट रहँदै आएका छन् ।

पार्टीभित्र अनुशासनहिनता मौलायो : ओली

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपि शर्मा ओलीले नमिलेका कुराहरुलाई छिट्टै मिलाएर जाने आश्वासन दिएका थिए । उनले पार्टीभित्र अनावश्यक गुटबन्दी र बहुमतको खेल भएको भन्दै आक्रोश पोखेका थिए । उनले पार्टीभित्र अनुशासन हिनता मौलाएको भन्दै नेतृत्वलाई खुलाउँदैमा पार्टी सहि दिशातर्फ नजाने बताएका थिए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार सफल रहेको दाबी गरेका थिए । उनले कमीकमजोरी सच्चिदैं जाने बताएका थिए ।

बैठक दुई अध्यक्षको मन्तव्यसँगै शुक्रबारसम्मको लागि स्थगित

बुधबारदेखि सुरु नेकपाको स्थायी कमिटी बैठक दुई अध्यक्षको मन्तव्यसँगै शुक्रबारसम्मको लागि स्थगित भएको छ । बैठकले ७ बुँदे कार्यसूची तय गरेको थियो ।

गत पुसदेखि नेकपाको स्थायी कमिटी बैठक बस्न सकेको थिएन । पार्टीभित्र बढेको असन्तुष्टीका बीच पटक–पटक बैठकको माग गर्दा पनि विभिन्न बाहानामा बैठक स्थगित हुँदै आएको थियो ।

वि.सं.२०७७ असार १० बुधवार १७:२२ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...