back
CTIZAN AD

नेकपा स्थायी समितिको बैठकप्रति कमल थापाले जनाए आपत्ति, खुलेआम भ्रष्टचार गरेको आरोप

वि.सं.२०७७ असार १२ शुक्रवार

906 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । उनले नेकपाको बैठक प्रधानमन्त्रीको सरकारी निवास प्रयोग गरि गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

थापाले सत्तारुढ नेकपाले पार्टी काममा सरकारी साधन स्र्रोतको दुरुपयोग गर्दै खुलेआम भ्रष्टचार गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीबाट अख्तियारको दुरुपयोग पनि गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्रिको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठकरकार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो।’

थापाले राज्यको सम्पत्तिलाई नेकपाले अनैतिक र अलोकतान्त्रिक ढंगले दुरुपयोग गर्न बन्द गर्नुपर्ने माग गरेका छन् । उनले ट्विटमा पिएम नेपाललाई ‘मेन्सन’ गर्दै राज्यको सम्पत्ति रक्षाको माग गरेका छन् ।

बुधबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटार बसिरहेको छ । सत्तारुढ नेकपाले प्रधानमन्त्री ओलीको स्वास्थ्य कारण देखाउँदै पार्टीका अधिकांश बैठक तथा सभाहरु प्रधानमन्त्री निवासमा गर्दै आएको छ ।

केपि शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै सरकारी निवासलाई पार्टी कार्यक्रमका लागि गरिएको दुरुपयोगको बेला–बेला विरोध पनि हुँदै आएको छ । तर, नेकपाले आफ्नो कार्यक्रम पार्टी कार्यलयभन्दा बढि सरकारी निवासमा गर्ने गरेको छ ।

वि.सं.२०७७ असार १२ शुक्रवार १७:०८ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...