१६ असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ लाख ६५ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६५ हजार ५ सय ३६ पुगेको छ भने संक्रमणबाट १६ हजार ९ सय ४ को मृत्यु भएको छ ।
सोमबार भारतमा १८ हजार ३ सय ३९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय १७ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ४ लाख ९ हजार २ सय ३९ पुगेको छ भने ५ लाख ८ हजार ८४ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असार १६ मंगलवार ०९:५५ मा प्रकाशित





























