back
CTIZAN AD

निर्धारित समयभित्र दुवै पार्टीको तल्लो तहको एकता पूरा गर्ने निर्णय

वि.सं.२०७३ पुस १२ मंगलवार

891 

shares

१२ पुस, काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिकाअनुसार तल्लो तहको एकीकरण प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि पहिलोपटक आज बसेको सचिवालय बैठकले गाउँ, नगर, क्षेत्र, जिल्लालगायत तहमा निर्धारित समय (माघ मसान्त) भित्र दुवै पार्टीको एकता पूरा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीका महामन्त्री टङ्क ढकालको अध्यक्षतामा बसेको सो बैठकले महाधिवेशन प्रभावकारी बनाउन तथा सचिवालय सञ्चालनका लागि चुस्त, व्यवस्थित बनाउन पार्टीका आवश्यक निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । यसअघि महामन्त्री ढकालको संयोजकत्वमा २० सदस्यीय सचिवालय गठन गरिएको थियो ।

पार्टीको केन्द्रीय समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टीको पदाधिकारी तथा सचिवालय सदस्यबीच चाँडो बैठक बस्ने बताइएको छ । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०५ मा प्रकाशित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...