back

राजधानी बाहिर शाखा खोल्न अनुमति माग

वि.सं.२०७३ पुस १२ मंगलवार

534 

shares
GLOBAL IME AD
NTC AD

१२ पुस, काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् ।

धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएका हुन् । उनीहरुले ७० वटा शाखा खोल्न अनुमति माग गरेको स्टकका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो ।

एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ ।

सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पु¥याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक/एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् ।

धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०९ मा प्रकाशित

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको...