back
CTIZAN AD

राजधानी बाहिर शाखा खोल्न अनुमति माग

वि.सं.२०७३ पुस १२ मंगलवार

981 

shares

१२ पुस, काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् ।

धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएका हुन् । उनीहरुले ७० वटा शाखा खोल्न अनुमति माग गरेको स्टकका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो ।

एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ ।

सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पु¥याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक/एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् ।

धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार १४:०९ मा प्रकाशित

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...