
नोबेल कोरोना भाइरस(कोभिड १९)का कारण विश्व नै प्रभावित बनेको छ । यसको रोकथाम तथा सुरक्षित रहन कसरी सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहेका छन् । कोरोनाबाट सुरक्षित रहन सेनिटाइजरको प्रयोग सर्वोत्तम उपाय मानिएको छ । दक्षिण कोरियाको एक कम्पनीले हात सफा गर्ने डिजिटल सेनिटाइजर बनाएको छ।
त्यसका लागि UVLEN डिभाइसको विकास गरिएको छ । स्मार्ट मोबाइल फोनको फ्ल्यास लाइट मार्फत १० सेकेण्ड हातका किटाणु तथा ब्याक्टेरियाहरुलाई मार्ने कम्पनीले बताएको छ । कुनै पनि स्मार्ट फोनको फ्ल्यास लाइटमा यसले काम गर्ने बताइएको छ । यो सेनिटाइजर मान्छे तथा घरपालुवा जनावरका लागि उपयुक्र्त हुने कम्पनीको दाबी छ ।
कम्पनीले यो सेनिटाइजरले हातको सतहमा हुने ब्याक्टेरियाहरुलाई ९९ प्रतिशत हटाउने दाबी गरेको छ । युभलेनलाई चिकित्सकीय परीक्षण पनि गरिएको र प्रमाणीत पनि भएको दाबी गर्दै कम्पनीले यो डिभाइसमार्फत दिनमा ५० पटकसम्म हात सफा गर्न सकिने कम्पनीले बताएको छ ।
अल्ट्राभायलेट लाइट प्रयोग गरेर कोरोना भाइरसको ब्याटेक्टिरया मार्न सकिने यसअघिका विभिन्न अध्ययनहरुले पनि देखाएका छन् ।
(एजेन्सी)