१६ असार,काठमाडौं । नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भनाभन भएको छ । मंगलबारको बैठकमा बोल्दै प्रचण्डले ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने माग गरे । उनले ओलीको पछिल्लो अभिव्यक्तिले पार्टीको शाख गिरेको भन्दै राजीनामा दिन सुझाव दिए ।
‘भारतविरुद्व तपाईंले जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ । यसरी भारतसँग जुधेर अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, प्रचण्डलाई उद्धत गर्दै स्रोतले भन्यो ।
बैठकमा प्रचण्डले राजीनामा दिल्लीले नभई पार्टीले माग्ने बताएका थिए । ‘दिल्लीले होइन् राजीनामा पार्टीले माग्छ, आज मैंले तपाईंको राजीनामा माग्दैछु, तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने ।
बैठकमा प्रचण्डले राजीनामा दिल्लीले नभई पार्टीले माग्ने बताएका थिए । ‘दिल्लीले होइन् राजीनामा पार्टीले माग्छ, आज मैंले तपाईंको राजीनामा माग्दैछु, तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने ।
बैठकमा ओलीले नेकपाका नेताको बोली र दिल्लीको बोली हुबहु आएको भन्दै प्रतिप्रश्न गरेका थिए । आक्रामक रुपमा देखिएका उनले नेकपाका नेताले भनेको कुरालाई गम्भीर छलफल हुनुपर्ने माग गरे । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, उनले भने ।
बैठकमा ओलीले नेकपाका नेताको बोली र दिल्लीको बोली हुबहु आएको भन्दै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, उनले भने ।
आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा उनले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।
वि.सं.२०७७ असार १६ मंगलवार १६:३८ मा प्रकाशित






























