back
CTIZAN AD

आज काठमाण्डौंका १२ सहित ३१६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो

वि.सं.२०७७ असार १६ मंगलवार

858 

shares

१६ असार, काठमाण्डौं । नेपालमा आज ३१६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ३१६ जनामा ७१ महिला र २४५ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ४९, महोत्तरी २९, अछाम २७, सप्तरी २५, दाङमा २१ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ पुरुष, सिराहाका १ महिला र ९ पुरुष, उदयपुरका २ पुरुष, झापाका २ महिला र ३ पुरुष गरेर ५ जना, सुनसरीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका २ महिला र १९ पुरुष गरेर २१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ३ पुरुष, रौतहटका ५ पुरुष, महोत्तरीका २९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ७ महिला र २० पुरुष गरेर २७ जना, बाजुराका १ पुरुष, काठमाण्डौंका २ पुरुष, रौतहटका २ पुरुष, स्याङजाका १ पुरुष, गुल्मीका १ पुरुष, सिन्धुपाल्चोकका १ महिला र १ पुरुष, गोर्खाका १ पुरुष, सर्लाहीका १ महिला र ७ पुरुष गरेर ८ जना, भक्तपुरका १ महिला र बाग्लुङका १ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका १ पुरुष, काठमाण्डौंकी १ महिला, ललितपुरका १ पुरुषमा पनि संक्रमण पृष्टिछ भएको छ ।

वीर अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा अछामका १ महिला, बैतडीका १ पुरुष र डोटीका १ महिला र १४ पुरुष गरी १५ जना, टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका ४ महिला र ५ पुरुष गरी ९ जना र म्याग्दीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ महिला र ८ ुपरुष, लम्जुङका ३ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्याङजाका १ महिला र २ पुरुष, तनहुँका ३ महिला र ३ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ५ पुरुष गरी ७ जना, पाल्पाका ३ महिला र १५ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका १ महिला र १ पुरुष, दाङका २ महिला र १९ पुरुष गरी २१ जना, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ महिला र ७ पुरुष गरी ८ जना, बाजुराका १६ महिला र ३२ पुरुष गरी ४८ जना, बाँकेका १ र दैलेखका ३ पुरुष, सेति प्रादेशिक अस्पतालमा बैतडीका १ पुरुष, बाजुरका १ महिला र १ पुरुष, डडेल्धुराका २ महिला, डोटीका १३ महिला र २ पुरुष गरी १५ जना, कैलालीका ५ पुरुषसँगै आज जम्मा ३१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७१ महिला र २४५ पुरुष रहेका छन् ।

आज पुष्टि भएका ३१६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३,५६४ जना पुगेको छ । जसमा महिला १६५७ जना र पुरुष ११९०७ पुरुष रहेका छन् ।

वि.सं.२०७७ असार १६ मंगलवार १७:०५ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...