
१६ असार, काठमाण्डौं । नेपालमा आज ३१६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ३१६ जनामा ७१ महिला र २४५ पुरुष रहेका छन् ।
आज सबैभन्दा बढी बाजुरामा ४९, महोत्तरी २९, अछाम २७, सप्तरी २५, दाङमा २१ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ पुरुष, सिराहाका १ महिला र ९ पुरुष, उदयपुरका २ पुरुष, झापाका २ महिला र ३ पुरुष गरेर ५ जना, सुनसरीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका २ महिला र १९ पुरुष गरेर २१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ३ पुरुष, रौतहटका ५ पुरुष, महोत्तरीका २९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ७ महिला र २० पुरुष गरेर २७ जना, बाजुराका १ पुरुष, काठमाण्डौंका २ पुरुष, रौतहटका २ पुरुष, स्याङजाका १ पुरुष, गुल्मीका १ पुरुष, सिन्धुपाल्चोकका १ महिला र १ पुरुष, गोर्खाका १ पुरुष, सर्लाहीका १ महिला र ७ पुरुष गरेर ८ जना, भक्तपुरका १ महिला र बाग्लुङका १ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका १ पुरुष, काठमाण्डौंकी १ महिला, ललितपुरका १ पुरुषमा पनि संक्रमण पृष्टिछ भएको छ ।
वीर अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा अछामका १ महिला, बैतडीका १ पुरुष र डोटीका १ महिला र १४ पुरुष गरी १५ जना, टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका ४ महिला र ५ पुरुष गरी ९ जना र म्याग्दीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ महिला र ८ ुपरुष, लम्जुङका ३ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्याङजाका १ महिला र २ पुरुष, तनहुँका ३ महिला र ३ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ५ पुरुष गरी ७ जना, पाल्पाका ३ महिला र १५ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका १ महिला र १ पुरुष, दाङका २ महिला र १९ पुरुष गरी २१ जना, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ महिला र ७ पुरुष गरी ८ जना, बाजुराका १६ महिला र ३२ पुरुष गरी ४८ जना, बाँकेका १ र दैलेखका ३ पुरुष, सेति प्रादेशिक अस्पतालमा बैतडीका १ पुरुष, बाजुरका १ महिला र १ पुरुष, डडेल्धुराका २ महिला, डोटीका १३ महिला र २ पुरुष गरी १५ जना, कैलालीका ५ पुरुषसँगै आज जम्मा ३१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७१ महिला र २४५ पुरुष रहेका छन् ।
आज पुष्टि भएका ३१६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३,५६४ जना पुगेको छ । जसमा महिला १६५७ जना र पुरुष ११९०७ पुरुष रहेका छन् ।