back
CTIZAN AD

लकडाउनका कारण बैंकमा थुप्रियो पैसा, बैकमा पैसा थुप्रिंदा व्यवस्थापन गर्न बैंकलाई हम्मे हम्मे

वि.सं.२०७७ असार १६ मंगलवार

1.4K 

shares

काठमाडौं । करोना भाईरसको माहामारीका कारण सरकारले गरेको लकडाउनका कारण वाणिज्य बैंकहरूमा पैसा थुप्रिएको छ । बैंकहरुमा कर्जाको तुलनामा निक्षेप बढेका कारण यस्तो अबस्था आएको हो ।

अहिले पनि लकडाउन अंशिक रुपमा जारी छ । यो बेला बैंकहरुमा लागानीको तुलनामा निक्षेप लगातार बढीरहेको छ । जानकारहरुका अनुसार आर्थिक बर्षको अन्त्य हुन लागेकोले बिभिन्न ठाउँहरुबाट हुने भुक्तानीका कारण पनि यस्तो अबस्था आएको हो । त्यसका अतिरिक्त मानिसहरुले आगामी आर्थिक बर्षको सुरुमा कस्तो अबस्था आउने हो भनेर हेरीरहेकाले पनि बैंकमा पैसा थुप्रिएको हो ।

लकडाउनको अबधिमा बाणीज्य बैंकहरुमा निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ । तर लगानीमा भने ३६ अर्ब रुपैयाँले ह्रास भएको छ । हाल नेपालमा २७ बाणीज्य बैंकहरु छन् ।

बैंकर्स संघका अनुसार गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । तर गत असार १२ गतेसम्म सो निक्षेप बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । सो रकम १ खर्ब १३ अर्ब रुपैयाँले बढी हो ।

संघका अनुसार बैंकहरुमा निक्षेप अर्बौ रुपैयाँले बढिरहेको छ । चैतको तुलनामा बैंकहरुको निक्षेप संकलन बैशाख मसान्तसम्म २५ अर्ब रुपैयाँ बढी थियो । जेठमा बैशाख मसान्तको तुलनामा निक्षेप ६२ अर्ब रुपैयाँले निक्षेप संकलन भएको थियो ।

असार १२ गतेसम्म बैंकहरुमा अघिल्लो महिना भन्दा २६ अर्ब रुपैयाँ बढी निक्षेप संकलन भएको छ । त्यसरी हेर्दा चैत्रदेखि असारको दोस्रो हप्तासम्म वाणिज्य बैंकहरुमा १ खर्ब १३ अर्ब रुपैयाँले निक्षेप बढेको छ ।

उता बैंकहरुको लगानी भने चैतदेखि असारको दोस्रो हप्तासम्म ३६ अर्ब रुपैयाँले कमी आएको छ । गत चैत्रसम्म बैंकहरुले २८ खर्ब ४५ अर्ब रुपैयाँ लगानी गरेका थिए । तर बैशाख महिना ९ अर्ब रुपैयाँ कम लगानी भएको छ ।

बैंकहरुको लगानी जेठ महिनामा २० अर्ब रुपैयाँ ले घटेको छ । बैशाखसम्म २८ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ मसान्त जम्मा २८ खर्ब १६ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् ।

असारको दोस्रो सातासम्म बैंकहरुको लगानी जेठ महिनाको भन्दा ८ अर्ब रुपैयाँले कम छ । यसले के देखाउँटछ भने अब बैंकहरुको व्याजदर अर्थमन्त्री खतिवडाले भने झैं एक अंकमा अउने निस्चित छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १७:१३ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...