back
CTIZAN AD

पार्टीभित्र एक्लिए ओली, राजीनामा दिनुपर्ने माग चर्किदैं

वि.सं.२०७७ असार १६ मंगलवार

927 

shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओली नेकपाभित्र एक्लो परेका छन् । जारी स्थायी समितिको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल र उपाध्यक्ष बामदेव गौतमले खुलेरै साथ नदिने बताएसँगै उनि एक्लिएका हुन् ।

सरकार र पार्टी सञ्चालनमा एकलौटी गर्दै आएका उनी पार्टीभित्र सबैको असन्तुष्टीको तारोसमेत बनेका छन् । पछिल्लो विवादास्पद भारतविरोधी अभिव्यक्तिसँगै उनिविरुद्व नेताहरु असन्तुष्ट छन् ।

राजीनामा दिनुपर्ने माग

मंगलबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीको राजीनामासमेत माग गरेका थिए । नेताहरुले ओलीको कारण पार्टीको शाख गिरेको भन्दै सरकार र पार्टी दुवैबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

बैठकमा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले ओलीलाई तत्कालै राजीनामा दिन सुझाए । उनले दिल्लीले राजीनामा नमागेको भन्दै आफुँ र पार्टीले राजीनामा मागेको प्रष्ट पारेका थिए ।

बैठकमा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्त, भिम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताले प्रधानमन्त्री ओली पूर्णं असफल भएको र राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए । बैठकमा नेताहरुले पछिल्लो अभिव्यक्तिबारे प्रधानमन्त्रीले पार्टीलाई स्पष्ट पार्नुपर्ने माग गरेका थिए ।

‘दिल्लीले होइन् राजीनामा पार्टीले माग्छ, आज मैंले तपाईंको राजीनामा माग्दैछु, तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने ।

बैठकमा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्त, भिम रावल, अष्टलक्ष्मी शाक्यलगायतका नेताले प्रधानमन्त्री ओली पूर्णं असफल भएको र राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए । बैठकमा नेताहरुले पछिल्लो अभिव्यक्तिबारे प्रधानमन्त्रीले पार्टीलाई स्पष्ट पार्नुपर्ने माग गरेका थिए ।

आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले बालुवाटारमा गरेको कार्यक्रममा उनले आफ्नो सरकार ढाल्न छिमेकी मुलुक भारत लागेको आरोप लगाएका थिए । ओलीले सरकार ढाल्नको लागि भारतले गरेको खेलमा आफ्नै पार्टी नेकपाका नेताहरु समेत सामेल भएको दाबी गरेका थिए ।

आफ्नो पक्षमा नदेखेसँगै ओलीले बैठक आलटाल गर्दै आएका थिए

यसअघि स्थायी कमिटी बैठक आफ्नो पक्षमा नदेखेसँगै ओलीले बैठक राख्न आलटाल गर्दै आएका थिए । कोरोना संकटकै बीच अप्रत्यासित अध्यादेश ल्याएसँगै ओलीलाई बैठक बोलाउन माग गरिएको थियो ।

स्थायी समितिका २० सदस्यले लिखित रुपमै बैठकको माग गरेका थिए । तर उनले शर्त राख्दै बैठक बोलाउन आलटाल गर्दै आएका थिए ।

बुधबारदेखि सुरु भएको बैठकमा पनि उनले बीच–बीचमा अनुपस्थिति जनाए । पार्टीभित्र अल्पमतमा परेको महसुस गरेका उनले जोगिन दिल्ली विरोधी अभिव्यक्ति दिएको धेरैको बुझाई छ ।

सम्बन्धित समाचार

नेकपा बैठकमा ओली–प्रचण्डबीच चर्काचर्की, सरकार र पार्टी दुवैबाट राजीनामा दिनुपर्ने प्रचण्डको माग

नेकपाभित्रको कुर्सी कथा, ओली र प्रचण्डबीच कुर्सीकै कारण छ चिसोपन

वि.सं.२०७७ असार १६ मंगलवार १७:३६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...