काठमाडौं । सत्तारुढ नेकपाको मंगलबारको स्थायी समिति बैठकमा कुर्सीसम्बन्धी विवाद अनौठो गरि देखियो । बैठक सुरु हुँदै गर्दा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले गरेको व्यवस्थापनमा अन्य स्थायी समिति सदस्यहरुले आपत्ती जनाए । जसको फलस्वरुप बैठक स्थलमा केही बेर कुर्सी तानातानको दृश्य पनि देखियो ।
कहिले प्रधानमन्त्रीको बेग्लै कुर्सी अनि कहिले अध्यक्षद्वयको बेग्लै कुर्सीप्रति नेकपाभित्र विरोध हुँदै आएको छ । तह छुट्याएरै बैठक स्थलमा भएको कुर्सीको व्यवस्थापनले ‘सामन्ती पारा देखिएको’ भन्दै तल्ला नेताहरुले माथिल्ला नेताहरुको विरोध गर्दै आएका छन् ।
मंगलबारको बैठकमा कुर्सी तानातानको घटनासँगै सबै नेताहरुको आसन फेरिएको छ । बैठकमै कोही मञ्चमा अनि कोही तल बस्ने शैलीको पनि परिवर्तन भएको छ । साथै सबै नेताहरुलाई एकै प्रकारको काठे कुर्चीको व्यवस्थापन गरिएको छ ।

स्थायी समिति बैठकको पहिलो दिन देखिएको कुर्ची रखाईको दृश्य । तस्बिर : सुर्य थापा, प्रधानमन्त्रीको प्रेस सल्लाहकार
स्थायी समितिको पहिलो दिनको बैठकमै पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले ‘कुर्सी विद्रोह’ गरेका थिए । उनले स्थायी समिति बैठक सुरु हुँदै गर्दा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको लहरमा आफ्नो कुर्सी सारेर विरोध जनाएका थिए । तर, कुर्सी सारे पनि अध्यक्षद्वयको लागि राखिएको विशेष सोफाको अगाडि उनको काठे कुर्सी भने निकै फिक्का देखिएको थियो ।
यसअघि नै हटाइएको थियो विशेष सोफा
गत बुधबारदेखि सुरु स्थायी समितिको पहिलो दिनको बैठकमै पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले ‘कुर्सी विद्रोह’ गरेका थिए । उनले स्थायी समिति बैठक सुरु हुँदै गर्दा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डको लहरमा आफ्नो कुर्सी सारेर विरोध जनाएका थिए ।
तर, कुर्सी सारे पनि अध्यक्षद्वयको लागि राखिएको विशेष सोफाको अगाडि उनको काठे कुर्सी भने निकै फिक्का देखिएको थियो । लगत्तै शुक्रबारको बैठकमा उनको महत्वपूर्णं माग सम्बोधन गरियो । शुक्रबार नै अध्यक्षद्वको लागि राखिएको विशेष सोफा हटाइएयो र अरुकै जस्तो काठको कुर्सी समान हिसाबले राखियो ।
एजेण्डाको राफमा कुर्सीको बहस पनि कडा
नेकपा स्थायी समिति बैठकमा एमसीसीदेखि पार्टी सञ्चालनसम्मका एजेण्डामाथि कडा छलफल भईरहेको छ । जारी बैठकमा सरकार सञ्चालनमाथि धेरैको प्रश्न छ । नेताहरुले सरकारले चालेका धेरै कदमप्रति आपत्ति जनाउँदै आएका छन् ।
पार्टी र सरकार सञ्चालनमा एकलौटी जस्तो व्यवहार देखाउँदै आएका ओलीमाथि धेरै नेताहरुले प्रश्न उठाईरहेका छन् । पार्टी बैठक सुरु भएदेखि नेताहरुले बर्साएको प्रश्नका कारण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले यसअघिका दुई बैठकमै उपस्थिति जनाएनन् ।
एजेण्डै एजेण्डाका बीच राफिलो बहस छेडिएको नेकपा बैठकमा कुर्सी बहस पनि कडा ढंगले आएको छ । मंगलबारको कुर्सी परिवर्तनलाई केही नेताले पार्टीभित्रको ‘क्रान्तिकारी’ परिवर्तनसमेत भनेका छन् ।
गत आईतबार प्रधानमन्त्री ओलीले भारतबारे दिएको अभिव्यक्ति पनि नेकपाभित्र राफिलो ढंगबाट उठिरहेको छ । आफ्नो नेतृत्वको सरकार ढाल्न नेकपाकै नेताहरुसमेत भारतसँग मिलेको भनि दिएको अभिव्यक्तिले नेकपाभित्र निकै ठुलो तरंग ल्याएको छ । जुन विषयले स्थायी बैठकमा आक्रामक प्रवेशसमेत पाएको देखिन्छ ।
एजेण्डै एजेण्डाका बीच राफिलो बहस छेडिएको नेकपा बैठकमा कुर्सी बहस पनि कडा ढंगले आएको छ । मंगलबारको कुर्सी परिवर्तनलाई केही नेताले पार्टीभित्रको ‘क्रान्तिकारी’ परिवर्तनसमेत भनेका छन् ।
ओली र प्रचण्डबीच पनि कुर्सीमा द्वन्द
नेकपाभित्र कुर्सी र आसनको विषय पार्टी गठनदेखि नै उठ्दै आएको छ । विशेषगरी पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्डबीच कुर्सीकै विषयलाई लिएर नमिठापना छ ।
ओलीले आफुँ पहिलो अध्यक्ष भन्दै कुर्सी र आसनमा फरक–फरक व्यवहार गरेपछि पार्टी बैठकहरुमा प्रचण्डले असन्तुष्टी देखाउँदै आएका छन् । अध्यक्षकै भूमिकामा रहेका प्रचण्डमाथि ओलीले पटक–पटकका बैठकमा विभेद गर्दै आएका छन् ।
सचिवालय बैठकहरुमा ओलीले इच्छाअनुसार प्रचण्डको आसन र कुर्सी तय गर्ने कारण ओली र प्रचण्डबीच बेला–बेला नमिठाे तिक्ततासमेत देखिदैं आएको छ ।
पछिल्लो पटक गत वैशाख २० मा बसेको सचिवालय बैठकसँगै प्रचण्डको आसन र कुर्सी परिर्वतन भएको थियो । यसअघि ओलीले कहिले आफुँसँगै राख्ने अनि कहिले अन्य सचिवालय सदस्यसँगै प्रचण्डको कुर्सी र आसन व्यवस्थापन गर्दै आएका थिए ।
०७५ को मंसिर ५ मा बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने भनि निर्णय भएको थियो । सचिवालयको उक्त निर्णयपश्चात पनि प्रचण्डले पार्टीभित्र भूमिका नपाएको भन्दै गुनासो गर्दै आएका थिए ।
सचिवालय बैठकहरुमा ओलीले इच्छाअनुसार प्रचण्डको आसन र कुर्सी तय गर्ने कारण ओली र प्रचण्डबीच बेला–बेला नमिठाे तिक्ततासमेत देखिदैं आएको छ ।
वि.सं.२०७७ असार १६ मंगलवार १५:२६ मा प्रकाशित






























