back
CTIZAN AD

सेयर बजार ६ प्रतिशतले चम्किदा, बजार बन्द

वि.सं.२०७७ असार १६ मंगलवार

846 

shares

काठमाडौं । मंगलबार सेयर बजार चम्किएको छ । लकडाउन पछि सोमबारबाट खुलेको बजार दोस्रो दिन चम्किएको हो । सोमबार बजार खुलेको ४० मिनेटमा ४ प्रतिशतको गिरावट देखिएपछि नकारात्मक सर्किट लागेर बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि खुलेको बजार बन्द हुँदा करिब १२ अंकले मात्र घटेको थियो । तर मंगलबार भने मार्केट बुलिङ् भएको छ । बजार खुलेको १ घण्टा १७ मिनेटमा बजार परिसूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट लागेको थियो । सर्किट लागेर ४० मिनेट पछि खुलेको बजार पुन दोस्रो पटक १ बजे ६ प्रतिशतले उकालो लागेपछि आजका लागि बजार बन्द भएको छ ।

समग्रमा आज बजार परिसूचक ७२.०५ अंकले बढेर १२६०.७५ मा पुगेको छ भने करोबार भएका अधिकांस समूहको परिसूचक उकालो लागेको छ । होटल र सामुहिक लगानीकोष बाहेक सबै १० वटा समूहमा हरियाली देखिएको छ । त्यसमा बीमा क्षेत्र चम्किंदा नेप्सेमा बुलिङ भएको देखिएको छ । त्यस्तै २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँ बराबरको ४ लाख ८९ हजार ५३७ कित्ता सेयर किन बेच भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा जीवन बीमा कम्पनी समूहका लगानीकर्ताहरु रहेका छन । उनीहरुले मंगलबार मात्र ६३४.९८ अंकले कमाएका छन । यो समूहका लगानीकर्ताले अघिल्लो दिन पनि कमाई गरेका थिए ।

त्यस्तै गुमाउनेमा होटल समूहका लगानीकर्ताहरु रहेका छन । उनीहरुले आज ४७.८४ अंकले गुमाएका छन । लकडाउनका कारण होटल क्षेत्र बन्दको अबस्थामा छन । लकडाउनको मार यो क्षेत्रमा परेको परेर पनि लगानीकर्ता पछाडी हटेको जस्तो देखिएको छ ।

नागरिक लगानी कोषका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन । उनीहरुले २०७ अंकले कमाएका छन । बजार बन्द हुँदा उसको परिसूचक २२७७ अंकमा पुगेको छ । त्यस्तै सबै भन्दा धेरै गुमाउनेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन । उनीहरुले आज ३८ अंकले गुमाएका छन । बजार बन्द हुँदा उसको परिसूचक ३४४ अंकमा झरेको छ ।

त्यस्तै करोबार रकमको आधारमा हिमालयन डिस्टिलरि पहिलो स्थानमा रहेको छ । उसले ३ करोड ६४ लाख ३८ हजार ६० रुपैंयाँ बराबरको करोबार गरेको छ । सोमबार पनि उसले बढी कारोबार गरेको थियो ।

सेयर संख्याको आधारमा नेपाल लाईफ नै पहिलो स्थानमा रहेको छ । उसको ३० हजार ३४० कित्ता सेयर किनबेच भयएको नेप्सेले जनाएको छ । मूल्य घटेपछि नेपाल पूनर्बीमा कम्पनीको सेयरको लेनदेन सबैभन्दा बढी पटक भएको जस्तो देखिएको छ । उसको सेयर ५५१ पटक लेनदेन भएको छ ।

सेयर बजारमा दाहोरो अंकको गिरावट, कसले कति कमायो ?

वि.सं.२०७७ असार १६ मंगलवार १५:१३ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...