back

राष्ट्रिय कविता प्रतियोगितामा तपाई पनि प्रतियोगि बन्ने की !

वि.सं.२०७७ असार १६ मंगलवार

216 

shares
NTC AD
Global IME AD

१६ असार । चितवनको कविडाँडामार्फत देशभर साहित्य प्रवर्ध्दन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो ।

भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ ।

कविडाँडाका अनुसार कविता भदौ १५ सम्म [email protected] मा पठाउनु  पर्ने बताइएको छ ।

त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियोगितामा फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएको समाजले जनाएको छ ।

‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले ‘छनोट गरेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिने र त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिने कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले बताए ।

कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रुपमा यसलाई लिइएको आयोजक संस्थाले जनाएको छ ।

गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि  यस्ता छन् नियम तथा सर्तहरू :
१. कविता नेपाली भाषामा शुद्ध रूपमा प्रिटी फन्टमा टाइप गरी इमेलबाट [email protected] पठाउनु पर्नेछ ।

२. कविता पठाउनुहुने प्रतियोगीले कविताका साथ आफ्नो वास्तविक नाम, साहित्यक नाम छ भने त्यो पनि, टेलिफोन नम्बर र हालसालै खिचेको फोटोको इलेक्ट्रोनिक कपी पठाउनुपर्ने छ ।

३. पठाइएको कविता प्रतियोगिताको नतिजा प्रकाशित नहुँदासम्म कतै पनि नछापिएको हुनु पर्नेछ । कविता पठाउँदा “आजसम्म यो कविता कतै प्रकाशित छैन, र प्रतियोगिताको अन्तिम नजिताको घोषाणा नहुँदासम्म प्रकाशित हुने छैन” भनी, हस्ताक्षर गरेर पठाउनुपर्ने छ । अन्यथा भएको पाइएमा आयोजकले उक्त कवितालाई मूल्याङ्कनभन्दा बाहिर राख्ने, तथा सिफारिस र पुरस्कृत भएको भए उक्त सिफारिस र पुरस्कार रद्द गरी, उक्त कुरा सार्वजनिक रूपमै घोषणा गर्ने अधिकार राख्तछ ।
४. कविताको शब्दसीमा बढीमा २०० रहेको छ ।
५. कविता २०७७ भदौ १५ गतेभित्र पठाइसक्नुपर्ने छ । इमेल [email protected]

६. कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ । छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा पर्ने कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ र त्यसै अवसरमा आयोजिक वाचन कार्यक्रमपछि, त्यसै दिन, उत्कृष्ट ३ कविताको घोषणा पनि गरिनेछ ।

७.वार्षिकोत्सवको दिन प्रथम,द्वितीय,तृतीय तथा उत्कृष्ट सातवटा कविता र कविको नाम सार्वजनिक गरिनेछ ।

८. प्रथम पुरस्कार रू १५,०६० /—, द्वितीय पुरस्कार रू १०,०६०/— तथा तृतीय पुरस्कार रु रू ७,५६०/— र प्रमाणपत्रको व्यवस्था गरिएको छ । अन्य सात जना कविहरूलाई जनही रू २,०६०/— तथा प्रमाणपत्र दिइनेछ । कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्नेछ ।

९. कार्यक्रम विवरणको मिति केही समयपछि सार्वजनिक गरिनेछ ।

वि.सं.२०७७ असार १६ मंगलवार १८:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...