back
CTIZAN AD

राष्ट्रिय कविता प्रतियोगितामा तपाई पनि प्रतियोगि बन्ने की !

वि.सं.२०७७ असार १६ मंगलवार

1.1K 

shares

१६ असार । चितवनको कविडाँडामार्फत देशभर साहित्य प्रवर्ध्दन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो ।

भदौ १५ सम्म समय दिइएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ६० रुपैयाँ, दोस्रो हुनेलाई १० हजार ६० र तेस्रो हुनेलाई ७ हजार ५ सय ६० रुपैयाँ र प्रमाणपत्रसहित अभिनन्दन गरिने कविडाँडा साहित्य समाजले जनाएको छ ।

कविडाँडाका अनुसार कविता भदौ १५ सम्म kavidanda.sahitya@gmail.com मा पठाउनु  पर्ने बताइएको छ ।

त्यसैगरी कतै पनि प्रकाशन नभएको र दुई सय शब्दभन्दा कम शब्दमा लेखिसक्नु पर्ने नियम पनि बनाइएको छ । प्रतियोगितामा फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जालहरूमा प्रकाशित–प्रसारित कविताहरूलाई पनि मान्यता नदिइने नियम बनाइएको समाजले जनाएको छ ।

‘कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले ‘छनोट गरेका १० कविलाई मङ्सिर महिनामा कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिने र त्यही अवसरमा उत्कृष्ट तीन कविताको घोषणा पनि गरिने कविडाँडा समाजका संरक्षक एलबी क्षेत्रीले बताए ।

कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्ने जनाइएको छ । नव प्रतिभाहरुलाई एक ठाउँमा राखेर साहित्यिक विमर्श गर्ने बहानाका रुपमा यसलाई लिइएको आयोजक संस्थाले जनाएको छ ।

गएको वर्ष पनि कविडाँडा समाजले राष्ट्रिय कथा प्रतियोगिताका साथमा देशका प्रतिष्ठित साहित्यिक व्यक्तित्वलाई निम्त्याएर भव्य कार्यक्रम गरेको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि  यस्ता छन् नियम तथा सर्तहरू :
१. कविता नेपाली भाषामा शुद्ध रूपमा प्रिटी फन्टमा टाइप गरी इमेलबाट kavidanda.sahitya@gmail.com पठाउनु पर्नेछ ।

२. कविता पठाउनुहुने प्रतियोगीले कविताका साथ आफ्नो वास्तविक नाम, साहित्यक नाम छ भने त्यो पनि, टेलिफोन नम्बर र हालसालै खिचेको फोटोको इलेक्ट्रोनिक कपी पठाउनुपर्ने छ ।

३. पठाइएको कविता प्रतियोगिताको नतिजा प्रकाशित नहुँदासम्म कतै पनि नछापिएको हुनु पर्नेछ । कविता पठाउँदा “आजसम्म यो कविता कतै प्रकाशित छैन, र प्रतियोगिताको अन्तिम नजिताको घोषाणा नहुँदासम्म प्रकाशित हुने छैन” भनी, हस्ताक्षर गरेर पठाउनुपर्ने छ । अन्यथा भएको पाइएमा आयोजकले उक्त कवितालाई मूल्याङ्कनभन्दा बाहिर राख्ने, तथा सिफारिस र पुरस्कृत भएको भए उक्त सिफारिस र पुरस्कार रद्द गरी, उक्त कुरा सार्वजनिक रूपमै घोषणा गर्ने अधिकार राख्तछ ।
४. कविताको शब्दसीमा बढीमा २०० रहेको छ ।
५. कविता २०७७ भदौ १५ गतेभित्र पठाइसक्नुपर्ने छ । इमेल kavidanda.sahitya@gmail.com

६. कविताको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ । छनोटमा परेका १० कविलाई मङ्सिर महिनामा पर्ने कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ र त्यसै अवसरमा आयोजिक वाचन कार्यक्रमपछि, त्यसै दिन, उत्कृष्ट ३ कविताको घोषणा पनि गरिनेछ ।

७.वार्षिकोत्सवको दिन प्रथम,द्वितीय,तृतीय तथा उत्कृष्ट सातवटा कविता र कविको नाम सार्वजनिक गरिनेछ ।

८. प्रथम पुरस्कार रू १५,०६० /—, द्वितीय पुरस्कार रू १०,०६०/— तथा तृतीय पुरस्कार रु रू ७,५६०/— र प्रमाणपत्रको व्यवस्था गरिएको छ । अन्य सात जना कविहरूलाई जनही रू २,०६०/— तथा प्रमाणपत्र दिइनेछ । कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्नेछ ।

९. कार्यक्रम विवरणको मिति केही समयपछि सार्वजनिक गरिनेछ ।

वि.सं.२०७७ असार १६ मंगलवार १८:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...