back
CTIZAN AD

नेपालमा १६ असारसम्म १३,५६४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु र आइसोलेशनमा १०,३४१ जनाको उपचार

वि.सं.२०७७ असार १६ मंगलवार

693 

shares

१६ असार, काठमाण्डौं । नेपालमा मंगलबार ( १६ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख २६ हजार ९२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ४,७११ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । केही दिनदेखि परीक्षणको संख्या घटाउँदै गएकोमा आज ४७११ वटा पिसीआर मात्र परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट २ लाख २८ हजार ३३४ र आरडिटी प्रविधिबाट २ लाख ९६ हजार ५८८ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४७११ वटा पिसीआर मात्र परीक्षण गरिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा १०,३४१ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको ५३ हजार ७ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १३,५६४ पुगेको छ भने आज निको भएर ६० जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३,१९४ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै हालसम्म मृतकको संख्या २९ रहेको छ ।

आज काठमाण्डौंका १२ सहित ३१६ जनामा कोरोना संक्रमण भएको पुष्टि
नेपालमा आज ( १६ असार) ३१६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ३१६ जनामा ७१ महिला र २४५ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ५०, डोटीमा ३०, महोत्तरीमा २९, अछाममा २९, सप्तरी २५ र दाङमा २१ जना रहेका छन् ।

त्यस्तै पाल्पामा १८, काठमाण्डौंमा १२, सिराहामा १०, कास्कीमा ९, सर्लाहीमा ८, रुकुम पश्चिममा ८, अर्घाखाँचीमा ७, रौतहटमा ७, तनहुँमा ६, झापामा ५, कैलालीमा ५, संखुवासभामा ३, धनुषामा ३, डडेल्धुरा ३, लम्जुङमा ३, दैलेख ३, स्याङजामा ३, सल्यान, उदयपुर, सुनसरी, बैतडी र सिन्धुपाल्चोकमा २÷२ जना, गोर्खा, भक्तपुर, ललितपुर, बाग्लुङ, म्याग्दी, बाँके, स्याङजा र गुल्मीमा १÷१ जना गरी आज जम्मा ३१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७१ महिला र २४५ पुरुष रहेका छन् ।

आज काठमाण्डौंका १२ सहित ३१६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो

आज पुष्टि भएका ३१६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३,५६४ जना पुगेको छ । जसमा महिला १६५७ जना र पुरुष ११९०७ पुरुष रहेका छन् ।

हेर्नुहोस् आजसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित भेटिए त ? 

हालसम्म सातै प्रदेशमा १३ हजार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म प्रदेश १ मा ६०७ जना, प्रदेश २ मा ३,८७६ जना, बाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा १,०४२, प्रदेश ५ मा ३,८४९, कर्णाली प्रदेशमा १,४७९ जना, र सुदुरपश्चिम प्रदेशमा २,५०८ रहेका छन् ।

नेपालमा कोरोना कहरः हालसम्म कुन जिल्लामा कति संक्रमित भेटिए त ? हेर्नुहोस् पुर्ण विवरण

५ सयभन्दा बढी संक्रमित भएका जिल्ला
त्यसैगरी ५०० भन्दा बढी संक्रमित भएको जिल्लामा प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाही जिल्ला, प्रदेश ५ मा कपिलवस्तु र दाङ जिल्ला, कर्णाली प्रदेशमा दैलेख जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लासहित ७ जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।

आज ६० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१९४ पुग्यो
नेपालमा आज ६० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार आज डिस्चार्ज भएकामा ९ महिला र ५१ जना पुरुष रहेका छन् ।

आज डिस्र्चा हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ पुरुष, आइसोलेशन सेन्टर कोहलपुर बाँकेबाट १ पुरुष, अल्पाइन नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १५ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टर सप्तरीबाट १५ पुरुष, गण्डकी अस्पताल पर्साबाट २ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ४ पुरुष, कोशी अस्पतालबाट झापाका ४ महिला र २ पुरुष, मोरङका ३ महिला र २ पुरुष गरेर ५ जना, पाँचथरका १ महिला, सुनसरीका १ महिला र १ पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ पुरुष गरी आज जम्मा ६० जना डिस्चार्ज भएका छन् । जसमा ५१ पुरुष र ९ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज डिस्चार्ज भएका ६० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ३,१९४ पुगेको छ । जसमा महिला २७७ पुरुष, २,९१७ रहेका छन् ।

नेपालमा हालसम्म १३,२४८ जनामा कोरोना संक्रमण, आइसोलेशनमा १०,०८५ जना र २९ जनाको मृत्यु

वि.सं.२०७७ असार १६ मंगलवार १८:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...