back
CTIZAN AD

नेपालमा हालसम्म १३,२४८ जनामा कोरोना संक्रमण, आइसोलेशनमा १०,०८५ जना र २९ जनाको मृत्यु

वि.सं.२०७७ असार १५ सोमवार

768 

shares

१५ असार, काठमाण्डौं । नेपालमा आज ( १५ असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ५ लाख २२ हजार २१८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

देशभरी रहेका २२ वटा प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ९,६१३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट २ लाख २३ हजार ६३० र आरडिटी प्रविधिबाट २ लाख ९६ हजार ५८८ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ७,७९१ वटा पिसीआर र १८२२ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा १०,०८५ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ५७,३६८ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १३,२४८ पुगेको छ भने आज निको भएर १२१ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ३,१३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज १ जना थपिएसँगै मृतकको संख्या २९रहेको छ ।

आज काठमाण्डौँका ६ सहित ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३,२४८ पुग्यो

नेपालमा आज (असार १५) ४७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा ११२ महिला ३६४ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ९६ जना, डोटीमा ६९ जना, दाङमा ५८ जना, अर्घाखाँचीमा ३८ जना, कैलालीमा ३० जना, पाल्पामा २६ जना र गुल्मीमा २० जना रहेका छन् ।

आज काठमाडौँका ६ सहित ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८ पुग्यो

त्यसैगरी रौतहटमा १८, सप्तरीमा १५, बाग्लुङमा १४, पर्वतमा १३, तनहुँमा ९, स्याङजामा ८, काठमाडौंमा ६, धनुषामा ६, प्युठानमा ५, गोर्खामा ५ चितवनमा ४, प्युठानमा ४, महोत्तरीमा ४, रुपन्देहीमा ३, बारामा ३, धादिङ, कपिलवस्तु, रुपन्देही, डोल्पा र कालिकोटमा २\२, मोरङ, पर्सा भक्तपुर, ललितपुर, धनकुटा, खोटाङ, रोल्पा, मकवानपुर, काभ्रे र रुकुमपश्चिममा १\१ जना गरी आज ४७६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ११२ महिला ३६४ पुरुष रहेका छन् ।

आज थपिएका ४७६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३,२४८ पुगेको छ । जसमा १,५८६ महिला र ११,६६२ जना पुरुष रहेका छन् ।

आज १२१ जा कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ३१३४ पुग्यो
नेपालमा आज १२१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज हुनेमा १३ महिला र १०८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १ पुरुष, नारायणी अस्पताल वीरगन्जबाट पर्साका ३ महिला र २० पुरुष गरी २३ जना, अल्पमाइ नर्सिङ इन्स्च्यिुट सर्लाहीबाट १३ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट धनुषाका ३ पुरुष र महेन्द्र गेनाई अस्पताल सिराहाबाट १ महिला र १३ पुरुष गरी १४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ महिला र १ पुरुष, म्याग्दी अस्पतालबाट ३ पुरुष, पर्वत अस्पतालबाट ३ महिला र ६ पुरुष गरेर ९ जना, स्याङजा अस्पतालबाट ४ महिला र २९ पुरुष गरेर ३३ जना, तनहुँ अस्पतालबाट ५ पुरुष, नुवाकोट अस्पतालबाट २ महिला र ६ पुरुष गरेर ८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट २ पुरुष, आर्दश नगर आइसोलेशन सेन्टर बाँकेबाट ३ पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट ३ पुरुष कोरोना संक्रमणबाट मुक्त भएर घर फकिएसँगै आज जम्मा १२१ जना निको भएका छन् । जसमा १३ महिला र १०८ पुरुष रहेकोे मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज निको भएका १२१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३,१३४ पुगेको छ । जसमा २८६६ पुरुष र २६६ महिला रहेका छन् ।

आज थप १ जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो
नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार १३ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार स्वास्व प्रस्वासमा समस्या भएका कारण असार १३ गते उपचारका लागि स्टार अस्पताल सानेपा आएका उनको आइसीयुमा राखेर उपचार गरिएको थियो ।

१३ गते नै उनमा कोरोना संक्रमण भए\नभएको परीक्षणका लागि श्वाव संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको सोहिदिन राति ८ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।

असार १४ गते साँझ कोरोना उनमा संक्रमण भएको नतिजा आएको थियो । उनी ३ महिना देखि फोक्सोको समस्याका कारणले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । उनको शब नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा असार १४ सम्मको कोरोना अपडेटः १२७७२ जना संक्रमित, आइसोलेशनमा ९७३१ जना र २८ जनाको मृत्यु

वि.सं.२०७७ असार १५ सोमवार १९:०० मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...